नुवाकोट–१ का स्वतन्त्र उम्मेदवार रमेश्वर भण्डारीले सार्वजनिक गरे चुनावी खर्च

0
25

नुवाकोट क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार अधिवक्ता रमेश्वर भण्डारीले सार्वजनिक गरे निर्वाचन खर्च विवरण
नुवाकोट — प्रतिनिधि सभा निर्वाचन २०८२   अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका अधिवक्ता  रामेश्वर  भण्डारीले    निर्वाचन अवधिमा भएको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेका छन्।

अधिवक्ता भण्डारीको सचिवालयका अनुसार उनले निर्वाचनमा भएको सम्पूर्ण आर्थिक विवरण पारदर्शिताका लागि सार्वजनिक गरिएको बताएका छन्। मिति २०८२ चैत १ गते सार्वजनिक गरिएको उक्त विवरणमा निर्वाचन प्रचारप्रसार तथा व्यवस्थापनका क्रममा भएको विभिन्न खर्चहरू उल्लेख गरिएको छ।
सार्वजनिक विवरण अनुसार निर्वाचन अभियान

सञ्चालनका क्रममा प्रचार सामग्री, कार्यालय व्यवस्थापन, यातायात, कार्यकर्ता परिचालन तथा अन्य प्रशासनिक कार्यमा खर्च भएको देखिन्छ। विभिन्न शीर्षकमा गरिएको खर्चको विवरण तालिकाबद्ध रूपमा प्रस्तुत गरिएको छ।

 

त्यस्तै, निर्वाचन अवधिमा प्राप्त भएको आम्दानीको स्रोत पनि उल्लेख गरिएको छ। समर्थक तथा सहयोगीहरूबाट प्राप्त सहयोग र अन्य स्रोतबाट प्राप्त रकमलाई आम्दानी शीर्षकमा समेटिएको जनाइएको छ। उपलब्ध विवरण अनुसार कुल आम्दानी करिब एक लाख रुपैयाँभन्दा बढी रहेको देखिन्छ भने विभिन्न शीर्षकमा गरिएको खर्च पनि सोही अनुरूप उल्लेख गरिएको छ।
अधिवक्ता भण्डारीले लोकतान्त्रिक प्रणालीमा पारदर्शिता अत्यन्त महत्वपूर्ण हुने भन्दै निर्वाचनमा सहभागी उम्मेदवारहरूले आफ्नो आर्थिक गतिविधि खुला रूपमा सार्वजनिक गर्नुपर्ने बताएका छन्। उनले निर्वाचनमा खर्च तथा आम्दानीबारे जनतालाई स्पष्ट जानकारी दिनु आफ्नो दायित्व भएको पनि उल्लेख गरेका छन्।
नेपालमा निर्वाचन आयोगले उम्मेदवारहरूलाई निर्वाचनपछि आफ्नो आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्न अनिवार्य गरेको व्यवस्था छ। सोही व्यवस्था अनुसार अधिवक्ता भण्डारीले आफ्नो विवरण सार्वजनिक गरेको सचिवालयले जनाएको छ।
स्थानीय राजनीतिक वृत्तमा पनि उम्मेदवारले सार्वजनिक रूपमा खर्च विवरण सार्वजनिक गर्नु सकारात्मक कदमका रूपमा हेरिएको छ। यसले भविष्यमा निर्वाचन प्रक्रियालाई अझ पारदर्शी र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

                                   

LEAVE A REPLY