
महान्यायाधिवक्ता निलम्बन प्रकरण : सुशीला कार्कीको भूमिकामाथि गम्भीर प्रश्न


महान्यायाधिवक्ता निलम्बन प्रकरण : सुशीला कार्कीको भूमिकामाथि गम्भीर प्रश्न
काठमाडौँ — १६–१७ वर्षका नाबालिकाहरूलाई बेहोस बनाएर डिम्ब बेचबिखनजस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिएको आरोप लागेका महान्यायाधिवक्तालाई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ।
यति गम्भीर नैतिक र कानुनी प्रश्न उठिसक्दा पनि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले ती व्यक्तिलाई अझै संरक्षण गरिरहनुको कारण के हो भन्ने प्रश्न सार्वजनिक रूपमा उठेको छ। उक्त प्रश्न जेन्जी अगुवा रवि किरण हमालले सार्वजनिक बहसमार्फत उठाएका हुन्।
यसअघि नै हमालले सो प्रकरणमा तत्काल महान्यायाधिवक्तालाई पदबाट बर्खास्त गर्न माग गरिसकेका थिए। उनका अनुसार मानवअधिकार, सुशासन र बाल संरक्षणजस्ता संवेदनशील विषयमा राज्यले दोहोरो मापदण्ड अपनाएको आशंका बढ्दो छ।
उक्त घटनाक्रमले राज्यका उच्च निकायभित्रको जवाफदेहिता, नैतिकता र कानूनको शासनमाथि गम्भीर प्रश्न खडा गरेको विश्लेषकहरूको भनाइ छ।











