रसुवाको चुनाव : मोहन र समीरबिच पर्दैछ कडा टक्कर

0
518

रसुवा। यही फागुन २१ गते हुन गइरहेको चुनावले रसुवाको राजनीतिक माहोल तातेको छ। यसपटकको चुनावमा मुख्य दुई उम्मेदवार ( नेकपाका उमेदवार र नेपाली काङ्ग्रेसका उमेदवार ) बीच प्रतिस्पर्धा हुने आँकलनसँगै स्थानीयस्तरमा चर्को बहस र चासो बढेको छ।
नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका माधव लामिछाने ‘समीर’ जनयुद्धकालदेखि राजनीतिमा सक्रिय पुराना नेता हुन्। स्थानीय तहमा उनी काम गर्ने नेताका रूपमा चिनिँदै आएका छन्। रसुवाको विभिन्न ठाउँ पुग्ने सडक सञ्जालका (ट्याग) खोल्न उनले गरेको पहल, युवाहरूलाई रोजगारीमा जोड्ने कार्यक्रम तथा चिलिमे जलविद्युतको सेयर स्थानीय जनतालाई दिलाउन खेलेको भूमिकाले उनलाई बलियो उम्मेदवारका रूपमा उभ्याएको छ। उनका समर्थकहरू भन्छन्, “समीरले विकासलाई नारामा सीमित राखेनन्, काम गरेर देखाए।”
उता नेपाली कांग्रेसबाट उम्मेदवार बनेका मोहन आचार्य निर्माण व्यवसायी पृष्ठभूमिका अनुभवी नेता हुन्। यसअघि पनि चुनाव जितिसकेका आचार्य यसपटक भने जनताको अपेक्षाअनुसार काम नगरेको आरोपको सामना गरिरहेका छन्। स्थानीयबासीहरूको मुद्दा उनले खासै सम्बोधन नगरेको जनगुनासो छ ।
रसुवालाई बुझ्ने राजनीतिक विश्लेषकहरूका अनुसार, रसुवाको चुनाव यसपटक नेकपा र नेपाली काङ्ग्रेसकै प्रतिस्पर्धामा हुनेछ । विकास, रोजगारी र स्थानीय अधिकारका मुद्दामा कसले जनविश्वास जित्छ भन्ने प्रश्नको उत्तर अब फागुन २१ को मतपेटिकाले दिनेछ।

LEAVE A REPLY