विचार र निष्ठाको खडेरीले विकास अलमलियो : राजन गौतम

0
29

नगर विकास डटकम संवाददाता | माघ ३, २०८२
काठमाडौं ।  सामाजिक सञ्जाल  फेसबुकमा    टिप्पणी गर्दै राजन गौतम (नकुल) ले नेपालको विकास किन अपेक्षित गतिमा अघि बढ्न नसकेको भन्ने विषयमा कडा प्रश्न उठाएका छन्।

उनले विकासको मूल बाधक विचार र निष्ठाको खडेरी भएको उल्लेख गर्दै वर्तमान राजनीतिक नेतृत्व भीडको उत्तेजना र क्षणिक लोकप्रियतामा आधारित बनेको आरोप लगाएका छन्। गौतमका अनुसार चुनावी नारामा सीमित ‘विकास’ भाषण र भित्ते लेखनमा त देखिन्छ, तर व्यवहारमा जनताको दैलोसम्म पुग्न नसक्नुको कारण नेतृत्वको वैचारिक कमजोरी र दिशाहीनता हो। उनले स्पष्ट उद्देश्य र दीर्घकालीन सोचविनाको नेतृत्वले पपुलिस्ट निर्णयमार्फत ताली त बटुल्ने तर देशलाई समृद्धिको बाटोमा डोर्‍याउन नसक्ने बताएका छन्। सत्ता जोगाउने खेल, अवसरवाद र नीतिगत अस्थिरताले विदेशी लगानी र आन्तरिक उद्यमशीलता दुवै प्रभावित भएको उनको भनाइ छ।

गौतमले अबको आवश्यकता सस्तो लोकप्रियता होइन, १०–२० वर्षको स्पष्ट विकास दृष्टि, स्वार्थभन्दा माथि उठेको निष्ठा र देश–जनताका लागि व्यक्तिगत लाभ त्याग्न सक्ने साहसी नेतृत्व भएको उल्लेख गरेका छन्। सचेत नागरिकले होहल्ला होइन, एजेन्डा र नैतिकता भएका व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन सके मात्र विकासका कुरा व्यवहारमा उतार्न सकिने उनको निष्कर्ष छ।

LEAVE A REPLY