संगीत क्षेत्रमा अपूरणीय क्षति: प्रशान्त तामाङको आकस्मिक निधन

0
12

काठमाडौं — इन्डियन आइडल विजेता र नेपाली सांगीतिक दुनियाँका प्रिय गायक प्रशान्त तामाङको आज कार्डियाक अरेस्टका कारण निधन भएको छ। उनी ४३ वर्षका थिए। उनका परिवार र संगीतप्रेमीहरूले उनको अकस्मात निधनमा गहिरो शोक व्यक्त गरेका छन्।
प्रशान्त तामाङले आफ्नो जीवनभर नेपाली संगीत क्षेत्रमा योगदान पुर्याउँदै युवापुस्ता माझ लोकप्रियता हासिल गरेका थिए। विशेषगरी उनकी मधुर आवाज र भावपूर्ण प्रस्तुति नेपाली र भारतीय श्रोतामाझ अत्यन्तै मन पराइन्थ्यो। उनी एक प्रतिभाशाली कलाकार मात्र नभई, तीन वर्षकी छोरीका लागि माया र समर्पणको प्रतिकका रूपमा पनि चिनिन्थे।
संगीत क्षेत्रमा उनको योगदानले सधैं सम्झनयोग्य छ। विभिन्न एल्बम, सांगीतिक प्रस्तुति र इन्डियन आइडल प्रतियोगितामा उनीले देखाएको प्रतिभा युवा गायक–गायिकाहरूका लागि प्रेरणाको स्रोत थियो। प्रशान्तका सहकर्मी र मित्रहरूले उनको निधनले सांगीतिक क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन्।
उनको निधनको खबर सामाजिक सञ्जालमा आएलगत्तै उनका प्रशंसक र साथीहरूले श्रद्धाञ्जली दिँदै आफ्नो दुःख व्यक्त गरेका छन्। उनका फ्यानहरूले उनका गीतहरूलाई सम्झदै, उनको योगदानलाई सदैव स्मरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रशान्त तामाङको परिवार, विशेष गरी उनकी सानी छोरी, यो कठिन समयमा परिवार र आफन्तको माया र सहयोगमा भर पर्नुपर्ने अवस्था छ। सांगीतिक समुदायले उनको योगदान र सम्झनालाई जीवित राख्ने प्रयास गर्नेछ।
उनको निधनले नेपाली संगीतप्रेमीमा अपूरणीय क्षति पु¥याएको छ। प्रशान्त तामाङको मधुर आवाज र समर्पित व्यक्तित्वले सधैं संगीत प्रेमीको मनमा बास रहनेछ।

LEAVE A REPLY