
समाजको यथार्थ चित्रण गर्ने टेलिसिरियल ‘बिरह’ आउँदै: चैत ११ मा ट्रेलर सार्वजनिक हुने


पछिल्लो समय सानो पर्दाका टेलिसरियलहरू बन्ने क्रम जारी छ । यही सिलसिलामा पारिवारिक , सामाजिक विषयवस्तु तथा समाजमा घटेका घटनालाई यथार्थ चित्रण गर्दै सामाजिक टेलिसरियल `बिरह ´आउने भएको छ । दुःखको कथा भनिएको `बिरह ´को पहिलो पोस्टर सार्वजनिक भएको छ। चैत ११ गते बेलुका सात तीसमा फ्रिडम इन्टरटेनमेन्टबाट यसको अफिसियल ट्रेलर रिलिज हुँदैछ।
फ्रिडम इन्टरटेनमेन्ट र सरु भुजेलको संयुक्त निर्माणमा बनेको यस टेलिसिरियलको लेखन निर्देशन पवन भुजेलको रहेको छ। यस टेलिसिरियलमा कलाकारहरू बालदिप राई शर्मिला शर्मा , मिना जिसी , सन्ध्या खड्का अनिल जिसी बुलेट , ध्रुव खड्का ,राकेश रणपाल अन्जना दुलाल , श्याम श्रेष्ठ ,साजन पकवाल दिनेश थापा आदि कलाकारहरूको मुख्य भूमिका रहेको छ । यस सिरियलमा अहिले बनिरहेको सिरियलहरु भन्दा केही फरक शैलीमा रहेको निर्माण पक्षको दावी छ ।
यस सिरियलको छायांकन अनिल जिसी बुलेटले गरेका हुन् । बिरह टेलिसिरियलमा ध्रुव खड्का र सुमित तामाङले प्रोडक्सन व्यवस्थापनको काम गरेका छन् । शृंगार पक्षको जिम्मेवारी राकेश रणपाल सम्हालेका छन् भने पोस्ट प्रोडक्सन भने फ्रिडम इन्टरटेनमेन्टको नै रहेको छ।
निर्देशक भुजेलका अनुसार यस टेलिसिरियलको प्रत्येक एपिसोडमा गहन कथा र प्रस्तुति हुनेछ । छायाङ्कनको समयमा निकै नै दुःख कष्ट झेलेर काम गरेको अनुभव पनि उनले सुनाए ।
अहिले यो टिम प्रचारप्रसारमा व्यस्त रहेको छन्। दर्शकहरुले निकै नै रुचाउने कुरामा निर्देशक भुजेल ढुक्क छन्। यस सिरियल फ्रिडम इन्टरटेनमेन्टको युटुब च्यानलबाट आउदैछ ।











