समुदाय केन्द्रित स्वास्थ्य अभियान : ॐ समाज डेन्टल बनस्थली शाखाको तेस्रो वार्षिकोत्सव उत्साहपूर्ण।

0
29

समुदाय केन्द्रित स्वास्थ्य अभियान : ॐ समाज डेन्टल बनस्थली शाखाको तेस्रो वार्षिकोत्सव उत्साहपूर्ण

काठमाडौँ | राजन थापा

ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव शुक्रबार विविध कार्यक्रमसहित उत्साहपूर्ण र भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमको सुरुवात गमलामा पानी हाल्ने र पानसमा बत्ती बाल्ने विधिवत् समारोहबाट गरिएको थियो। त्यसपछि पत्रकार अमि कट्टेल, अध्यक्ष डा. सुवास घिमिरे तथा अन्य अतिथिहरूको उपस्थितिमा केक काटेर वार्षिकोत्सव मनाइएको थियो। समुदायमै दन्त सेवा विस्तार : विभिन्न संस्थासँग MOU हस्ताक्षर
समुदायमा दन्त सेवा अझ प्रभावकारी र पहुँचयोग्य बनाउन अस्पतालले आजकै समारोहमार्फत विभिन्न प्रतिष्ठित संस्थाहरूसँग MOU हस्ताक्षर गरेको छ।
यस सहकार्यले विद्यालय–विद्यालयमा दन्त सेवा पुर्‍याउने, स्वास्थ्य सचेतना कार्यक्रम विस्तार गर्ने र समुदायसँगको सहकार्य मजबुत बनाउने अपेक्षा गरिएको छ।
अध्यक्ष डा. सुवास घिमिरेको स्वास्थ्य सन्देश
कार्यक्रमका प्रमुख वक्ता तथा वरिष्ठ दन्त चिकित्सक डा. सुवास घिमिरेले रोग लागेकोपछि उपचारमा धाउनेभन्दा रोग नलाग्ने जीवनशैली नै सबैभन्दा ठूलो औषधि भएको बताउनुभयो।
उहाँले नियमित दन्त परीक्षण, मौखिक स्वच्छता, स्वस्थ बानी र सचेतनाबाट धेरै समस्या रोक्न सकिने उल्लेख गर्दै भने—
> “रोग लाग्न नदिनु नै सबैभन्दा उत्तम उपचार हो।”
डा. घिमिरे सेवाभाव, सरलता र इमानदार कार्यशैलीका कारण नेपाल तथा विदेशमा समान रुपमा पहिचान पाउनुभएकाले सहभागीहरूले उहाँको नेतृत्वको प्रशंसा गरेका थिए।
‘योगदान राष्ट्रका लागि’ अभियानकी अध्यक्ष सर्मिला थापाको अभिव्यक्ति
कार्यक्रममा सहभागि हुँदै सर्मिला थापाले अस्पतालप्रति धन्यवाद व्यक्त गर्दै भनिन्—
> “स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा हातेमालो गर्दै राष्ट्र निर्माणतर्फ अगाडि बढ्नु आजको आवश्यकता हो।”
सामाजिक अभियन्ता बेबी राजभण्डारीको प्रतिक्रिया
महिला अधिकार, वातावरण संरक्षण तथा सामुदायिक विकासमा सक्रिय बेबी राजभण्डारीले MOU हस्ताक्षरलाई ऐतिहासिक कदमको रूपमा स्वागत गर्दै भनिन्—
> “अब दन्त सेवा अझै सहज र सबैको पहुँचमा पुग्नेछ। यस्तो अभियानमा साझेदारी गर्न पाउनु गर्वको कुरा हो।”
कार्यक्रम सञ्चालन शाखा प्रमुख सबिना पपन गुरुङद्वारा
सम्पूर्ण वार्षिकोत्सव कार्यक्रम अस्पतालकी शाखा प्रमुख
सबिना पपन गुरुङले सुव्यवस्थित र आकर्षक शैलीमा सञ्चालन गर्नुभएको थियो।
अस्पतालतर्फबाट सहभागी टोली
सबिना पपन गुरुङ – शाखा प्रमुख
डा. अभिषेक यादव – दन्त चिकित्सक
डा. गौरी श्रेष्ठ – दन्त चिकित्सक
रश्मि ढकाल – हाइजेनिस्ट
रिता नेपाली – सहायक
सोनाम सारु – सहायक
सुसिला गुरुङ – परिचालिका
कल्पना कार्की – सूचना सहायक
विशिष्ट अतिथिहरू
. तुलसीप्रसाद डंगोल – सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट
. नरेश प्रजापति – सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट
. देवीराज भण्डारी – अध्यक्ष, राष्ट्रिय महिला मञ्च
, सर्मिला थापा – अध्यक्ष, योगदान राष्ट्रका लागि काठमाडौँ
, नन्दलाल खरेल – टप टेन खबर
. अमी कटेल – Globalpana
. दिनेश लामिछाने – नगर विकास
. उत्सव बिक – पत्रकार, गोरखा सन्देश
मिरा रेग्मी
समुदायका लागि निरन्तर सेवा दिने प्रतिबद्धता
कार्यक्रमको अन्त्यमा अस्पतालका बाेर्ड सदस्य राजन थापा भन्छन् दन्त सेवा सबैका पहुँचमा पुर्‍याउने उद्देश्यलाई दोहोर्‍याउँदै भने—
> “आर्थिक अभावका कारण उपचारबाट कोही पनि वञ्चित नहोस्। यसका लागि हामीले विद्यालय–विद्यालय र समुदायमा निःशुल्क स्वास्थ्य शिविर निरन्तर सञ्चालन गर्दै आएका छौँ।”
अस्पतालले आगामी दिनमा पनि स्वास्थ्य शिक्षा,
समुदाय लक्षित कार्यक्रम,
र गुणस्तरीय दन्त उपचार सेवालाई निरन्तरता दिने प्रतिज्ञा व्यक्त गरेको छ।

LEAVE A REPLY