
सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि माधव सापकोटाको एकल नाम सिफारिस


सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि माधव सापकोटाको एकल नाम सिफारिस सिन्धुपाल्चोक
सिन्धुपाल्चोक । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाको नाम एकल रूपमा प्रस्ताव, समर्थन तथा सिफारिस गरिएको छ।
पार्टीको क्षेत्रीय समन्वय समिति, जिल्ला समिति तथा सम्पूर्ण पार्टी पंक्तिले सापकोटामाथि भरोसा व्यक्त गर्दैउम्मेदवारका रूपमा अगाडि सारेका हुन्। यसप्रति आभार व्यक्त गर्दै सापकोटाले पार्टीले दिएको विश्वासलाई कर्म, इमान्दारिता र दृढ प्रतिबद्धताबाट अझ बलियो बनाउने संकल्प व्यक्त गरेका छन्।
उनले अघिल्लो निर्वाचनमा सिन्धुपाल्चोक–१ का आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूले देखाएको माया र भरोसाप्रति सधैं कृतज्ञ रहने उल्लेख गर्दै यसपटक पनि जनताको अमूल्य मत प्राप्त हुनेमा पूर्ण विश्वास व्यक्त गरेका छन्।
“हिजोको माया, आजको भरोसा र भोलिको संकल्पसहित फेरि पनि जनताको समर्थन प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु,” सापकोटाले बताएका छन्।
नेतृत्व चयनसँगै सिन्धुपाल्चोक–१ मा निर्वाचन माहोल तातेको छ भने पार्टीभित्र पनि उत्साह बढेको देखिन्छ।
१० पौष २०८२, सिन्धुपाल्चोक











