नागरिकता नम्बर अर्को ब्यक्ति संग मिलेपछि डबल धमाका कान्तिपुर मिडियाका प्रमुख पक्राउ ा

0
16


काठमाडौं जेठ ७ ,उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार पक्राउ परेका सिरोहियालाई धनुषा लगिएको छ।

‘त्यहाँ भीडमा हामीले उहाँकै गाडीमा यहाँ ल्याएका थियौं‌। अहिले प्रहरीको गाडीमा राखेर लगिएको छ एसपी रेग्मीले भने।

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान बाट खटिएको प्रहरीको टोलीले  मं‌गलबार साँझ पक्राउ गरेको थियो   उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थिए l

सिरोहियाको नागरिकता नम्बर र अर्का  व्यक्तिको नागरिकता नम्बर एउटै मिलेको बैशाख १७ गते जाहेरी परेको थियो। दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो। जाहेरी परेसँगै जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार नै जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति लिएको थियो।

पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी भएको थिए। यसअघि जाहेरी परेको खबर बाहिरिएपछि सिरोहियाले विज्ञप्ति जारी गरेका थिए।

उनले राज्यले २०३३/२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको उल्लेख गरेका थिए। त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका थिए।

सिरोहियाले आफूविरूद्ध जाहेरी परेपछि सर्वोच्चमा निषेधको आदेश माग गर्दै रिटसमेत दायर गरेका थिए। त्यसको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ।

LEAVE A REPLY