राष्ट्रपति पौडेलको पहल , फागुन २१ निर्वाचन सफल बनाउने समझदारी

0
10

काठमाडौँ – राष्ट्रपति  रामचन्द्र  पौडेलको बिशेष पहलमा  मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीले, नेपाली कांग्रेस सभापति  शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली  र नेकपा संयोजक पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ।

उक्त बैठकमा देशको संवेदनशील राजनीतिक अवस्था, प्रतिनिधिसभा निर्वाचनको तयारी, चुनावी वातावरण निर्माण र लोकतान्त्रिक निकास सुनिश्चित गर्ने उपायबारे विस्तृत छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले  जानकारी दिनु भयो।

, राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल परिस्थिति र गम्भीरतालाई ध्यानमा राखेर आगामी फागुन २१ गतेको निर्वाचन सफल बनाउनु सबैको दायित्व भएको बताउनुभयो। छलफलमा   सहभागी नेताहरूले पनि निर्वाचनको वातावरण तयार पार्न र जनतासम्म सकारात्मक सन्देश पुग्ने सुनिश्चित गर्न सहमति जनाएका श्रोतको दाबी छ ।

LEAVE A REPLY