स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज रानामगरको सडक दुर्घटनामा निधन

0
17

स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज रानामगरको सडक दुर्घटनामा निधन
​प्यूठान: स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज रानामगरको सडक दुर्घटनामा परी दुखद निधन भएको छ।
​प्राप्त जानकारी अनुसार, उपमेयर रानामगर आफैले चलाएको गाडी दुर्घटनामा परेपछि उहाँको घटनास्थलमै निधन भएको हो। दुर्घटना कसरी र कुन स्थानमा भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।
​स्थानीय प्रशासन र प्रहरी टोली घटनाको प्रकृति बुझ्न र थप अनुसन्धानका लागि घटनास्थलमा पुगेको छ।
​उहाँको असामयिक निधनले प्यूठान जिल्ला र स्वर्गद्वारी नगरपालिकामा शोकको लहर छाएको छ। स्व. रानामगर एक जुझारु र विकासप्रेमी जनप्रतिनिधिका रूपमा परिचित हुनुहुन्थ्यो।
​घटनाका बारेमा थप जानकारी प्राप्त हुनासाथ अपडेट गरिनेछ।

LEAVE A REPLY