गौतम बुद्धको जन्म स्थल लुम्बिनीको संक्षिप्त परिचय

0
12
लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। हाल यो ठाउँ नेपालको लुम्बिनी  अञ्चल रुपन्देही जिल्लामा पर्छ         विभिन्न बौद्ध वाङ्मयहरूमा बुद्धको जन्मस्थल भनेर लुम्बिनी नाउँको एउटा उपवनलाई चिनाइएको छ भने सो उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधिहरू हुन थालेको पाइन्छ । इ.पू. २४९ मा मौर्य सम्राट अशोकले यस स्थलको तीर्थाटन गरेका थिए र यस तीर्थाटनको संस्मरणमा अभिलेख पनि कुँदाएका थिए । यो कुराको जानकारी इसाको पाँचौं शताब्दीमा आएका चिनियाँयात्री  फाहियान सातौ  शताब्दीमा आएका अर्का चिनियाँ यात्री, ह्वेनसाङले विस्तृत बयान आफ्ना यात्रा विवरणहरूमा दिएका थिए । सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा मौर्य सम्राट अशोकद्वारा राखिएको अशोक स्तम्भ र त्यसमा रहेको अभिलेख भेटियो । उक्त अभिलेखमा यो ठाउँको नाम लुंमिनि भनेर उल्लेख गरिएको पाइन्छ । यस अभिलेखको प्राप्तीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान भएको हो भने त्यसैबेलादेखि विश्वभर गौतम बुद्धको जन्मस्थल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल,   रुपन्देही   जिल्लामा पर्ने कुरा
लुम्बिनी (गौतम बुद्धको )

कपिलबस्तु जिल्लाको तिलौराकोट भन्ने ठाउँमा लुम्बिनी पर्दछ । यो एक ऐतिहासिक धार्मिक पर्यटकिय स्थल हो । फराकिलो भुभागमा फैलिएको लुम्बिनी अवलोकन गर्न हरेक वर्ष लाखौं मानिसकू आउँछन् । नारायणगढ बजारबाट करिब २५ किलिमिटरको दुरिमा प्रगतिनगर भन्ने ठाउँ छ । कावसोतिबाट सरिब ८२-८३ किलोमिटरको दुरिमा लुम्बिनी पर्दछ । लुम्बिनी जाने बाटोमा अलिकति कच्ची घरहरू पनि देखिन्छन् । घर बनाएको तर झ्याल ढोका नराखेको अती नै अनौठो पनि देखिन्छ । बाटो अलि अलि सांघुरो नै छ । फराकिलो भुभागमा विभिन्न मन्दिरहरु छन् । विभिन्न डिजाइन अनि फरक शैलीमा निर्माण गरेका ती गुम्बा, मन्दिरहरू राम्रा छन् । सबैभन्दा राम्रो अनि मुख्य आकर्शणको बिन्दु भनेको मायादेवी मन्दिर हो । त्यहाँ उत्खनन गरेर राखेका बस्तुहरू पनि छन् । मन्दिर वरपर घांसहरू पनि उम्रिएका छन् । त्यो वरपरको वातावरण आनन्दित छ । नेपाल र भारतबाट धेरै मान्छे आउँछन् । अरू विदेशीहरू पनि आउँछन् । नेपालीहरूको लागि टिकट लाग्दैन ।मन्दिर भित्र फोटो खिच्न मनाही छ । मन्दिर बाहिर भने फोटो खिच्न पाइन्छ । गुम्बाहरू, मन्दिरहरु चारैतिर बुद्दका मन्दिरहरु छन् । विभिन्न घटनाक्रम सम्झाउने बुद्दको जीवनीसँग सम्बन्धित तस्बिर र मुर्तिहरू पनि छन् । फुलहरू रोपेको, हरियो दुबोहरू राम्रो छ । कुनै कुनै ठाउँको पोखरी भने अलि फोहोर थियो जहाँ प्लास्टिकका बोटलहरू फालिएका थियो । लुम्बिनी सम्भावना बोकेको ठाउँ हो । पर्यटकिय र धार्मिक दुबै हिसाबमा लुम्बिनी राम्रो छ । यसको विकास र प्रबर्धन अति आवश्यक छ । यो एकपटक घुम्न जानुपर्ने ठाउँ हो ।

LEAVE A REPLY