नागर्जुन नगरपालिकाको वडा नं ५ मा केन्द्रिय र प्रदेश सरकारको बजेट संगै स्थानिय व्यक्तिको आर्थिक सहयोगमा प्रवेश द्वार र कलभटको निर्माण कार्य सम्पन्न संगै आज बाट औपचारिक रुपमा उद्घाटन भएको छ।
बागमती प्रदेशका पुर्व मुख्य मन्त्री एवम् प्रदेश सभा सदस्य अष्ट लक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा अयोजित कार्यक्रममा विशेष अतिथि काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधि सभा सदस्य जिवराम श्रेष्ठ,नागर्जुन नगरपालिका उप-प्रमुख शुसिला अधिकारी,अतिथिहरु ,नागर्जुन नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर रानाभाट,वडा नम्बर ५ का वडा अध्यक्ष महेश रिमाल,कार्यपालिका सदस्य रमेश बस्नेत,खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष संचित राई,राप्रपा नेपालका केन्द्रिय सहमहामन्त्री प्रकाश रिमाल,उपभोक्त समितिका सचिव सरिता अर्याल लागएत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।
आदेश्वर फुलवारी समाजका अध्यक्ष विरमान स्याङ्ताङ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशका पुर्व मुख्य मन्त्री एवम् प्रदेश सभा सदस्य अष्ट लक्ष्मी शाक्यले नव निर्वाचित जन प्रतिनिधिहरु बधाई दिदै बिकास सधै एक नाश नहुने र बिकास संगै बिनास र प्रदुषण पनि हुने भएको ले त्यस्को नियन्त्रणमा ध्यान दिन जरुरी रहेको बताएका थिए। त्यस्तै लोकतान्त्रिक व्यवस्थामा असन्तुलित सरकार नहुदा व्यवस्था नै खतरामा पर्ने चिन्ता व्यक्त गरेका थिए। अहिले ३ देखि ४ महिनामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने र त्यो भन्दा अगाडि नै बागमती प्रदेश सरकार फेरबदल र आलोपालो गर्नु औचित्यहिन हुने बताएका छन्।
त्यस्तै कार्यक्रममा बोल्दै एकीकृत समाजबादी नेता एवम् प्रतिनिधि सभा सदस्य जिवराम श्रेष्ठले आदेश्वर फुलवारी नागर्जुन नगरपालिकाको नमुना र आन्तरिक पर्यटकको लागि हवको रुपमा बिकास गर्न सकिने बताएका थिए। श्रेष्ठले आफुलाई संस्कृति तथा पर्यटन नागरिक उडेन मन्त्रालयको जिम्मेवारी पाटिले दिन लागेको जानकारी समेत गराएका थिए।
कार्यक्रमको अन्यमा बोल्दै आदेश्वर फुलवारी समाजका अध्यक्ष विरमान स्याङ्ताङले आदेश्वर फुलवारीमा कलभट पुल नहुदा यो टोल बासीले आवात जावातमा धेरै नै कठिनाई भोग्नु परेको थियो। आज यो कलभट पुलको निर्माण र आदेश्वर फुलवारी गेटको निर्माण सम्पन्न भए पछि यहाँको पहिचान संगै आवतजावतमा स्थानियलाई सहजता हुने बताएका थिए।
यो योजना माननीय जिवराम श्रेष्ठ र पुर्व मुख्यमन्त्री अष्ट लक्ष्मी शाक्य ज्युको पहल संगै वडाको सहकार्यमा सम्पन भएको हो। यहाँका स्थानियले समेत आफ्नो ठाँउको बिकास आफै गरौ भन्ने भावनाले नै स्थानिय व्यक्तिहरु सहयोग पनि उत्तिकै उदाहरणिय छ। राज्यले हामीलाई केहि गरेन भन्दा पनि हाम्रो योगदान के भन्ने उदाहरण भएको बताएका थिए।
देशभर विभिन्न भव्य कार्यक्रमका साथ १९ औँ गणतन्त्र दिवस मनाइयो
काठमाडौँ, जेठ १५ ।
मुलुकभर आज विभिन्न कार्यक्रमहरूको आयोजना गरी १९ औँ गणतन्त्र दिवस उत्साहका साथ...
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि, न्यूनतम तलब ४० हजार कायम (विशेष रिपोर्ट)
काठमाडौँ, जेठ १५ ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूका...
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको ऐतिहासिक बजेट सार्वजनिक
काठमाडौँ, जेठ १५ ।
सरकारले आगामी आर्थिक...