
नुवाकोट – काठमान्डो सम्पर्क समन्वय समितिको अध्यक्षमा प्रकाश रैला निर्वाचित।


नेकपा (माओवादी केन्द्र )नुवाकोट – काठमान्डो सम्पर्क समन्वय समितिको अध्यक्षमा प्रकाश रैला सर्वसम्मत निर्वाचित हुनु भएको छ । एतिहासिक ८ औं जिल्ला भेलाले उहाँको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति चयन गरेको छ । सम्पर्क समन्वय समिति जिल्ला अध्यक्ष सुदिप अधिकारीको सभापतित्वमा ,सम्पर्क समन्वय समितिका नि वर्तमान सचिव प्रकाश रैलाले कार्यक्रम संचालन गर्नुभएको थियो।
उक्त कार्यक्रममा ,पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) ज्युको प्रमुख आतिथ्यता , बिशिस्ट अतिथिका रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ,पुर्व मन्त्री एवं प्रतिनिधि सभा सांसद हित बहादुर तामाङ ,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य , प्रतिनिधि सभा संबैधानिक समिति कानुन ,न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदी रहनुभएको थियो । त्यसैगरि अतिथिमा सम्पर्क समन्वय समितिको प्रदेश अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य मा. श्रीकृष्ण अधिकारी (विवेक ) ,नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य ,प्रदेश सभा पुर्व उपसभामुख एवं प्रदेश सभा सदस्य मा.राधिका तामाङ ,नेकपा माओवादी केन्द्रको वैकल्पिक केन्द्रिय सदस्य एवं नुवाकोट जिल्ला इन्चार्ज हिरानाथ खतिवडा ,बागमती प्रदेस सभा सदस्य मा.राम प्रसाद ढुंगाना , माओवादी केन्द्र नुवाकोट जिल्ला संयोजक पुष्प लामिछाने (अरुण ),जेष्ठ कम्युनिस्ट मंचका अध्यक्ष फत्त प्रसाद मैनाली ,पार्टी केन्द्रिय सल्लाहकार बलराम फुयाल ,सम्पर्क समन्वय समिति इन्चार्ज किरण रिजाल लगायत पार्टीका प्रदेश सचिवालय सदस्यहरु,प्रदेश सदस्यहरु ,जनवर्गीय संगठनका नेताहरु सहित २००० ( दुइ हजार ) भन्दा बढि ब्याक्तित्वहरुको उपस्थितिमा सम्पन्न भएको थियोा ।
उक्त भेलामा आफ्नो मन्तव्य राख्दै पार्टी अध्यक्ष प्रचण्डले सम्पर्क समन्वय नुवाकोटको भेलाले आफुलाइ नयाँ उर्जा थपेको कुरा जोड्दै उक्त भेला नुवाकोट पार्टीको हो या सम्पर्क समन्वयको हो भन्ने आफु अलमल्ल परेको कुरा बताउनुभयो । उहाँले नुवाकोट नेपालको इतिहासमा पृथ्वीनारायण शाहसङ्ग जोडिएर र आफ्नो पार्टीमा पोस्ट बहादुर बोगटीसङ्ग जोडिएर छुट्टै इतिहास बोकेको जिल्ला रहेको कुरा बताउनु भयो ।उहाँले सम्पर्क समन्वय समिति नुवाकोटलाइ आफ्नो पार्टीमा २०६४ सालमा भोट हाल्ने सम्पूर्ण जनताहरु खोज्न र जोडिनको लागि निर्देशन गर्नु भयो ।उक्त कार्यक्रममा माननिय हित बहादुर तामाङ द्रारा लिखित “राज्य रुपान्तरण “नामक पुस्तक अध्यक्ष प्रचण्ड बाट बिमोचन भएको थियो।