
शैक्षिक गुणस्तर सुधारको लागि ग्रामीण आदर्श बहुमुखी क्याम्पस लागिरहेको छ ।राजेन्द्रध्वज थापा: क्याम्पसका प्रमुख


ग्रामीण आदर्श बहुमुखी क्याम्पसको शैक्षिक अवस्था कस्तो छ ?
हाम्रो यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक अवस्था एकदम सुधार उन्मुख छ । हाम्रो क्याम्पस काठमाडौ उपत्यकाको उत्तरी भेग तारकेश्वर नगरपालिकामा अवस्थित निकै पुरानो प्राइभेट सिफ्टको सामुदायिक क्याम्पस हो। २०५१सालमा स्थापना भएको यस क्याम्पसमा हाल विद्यार्थीको संख्या एघार र बाह्रमा गरेर १५०० सय जति छन् भने अहिले हामी कहाँ स्नातक पहिलो तहमा ९०० जनाको संख्या रहेको छ। हामी संग विभिन्न बिषयमा पिएचडि गरेका अनुभवी र दक्ष शिक्षक शिक्षिका द्वारा पढाइन्छ अहिले हामीले त्रिभुवन विश्वविद्यालय अनुदान आयोग बाट प्राप्त गर्न गुणस्तर चिन्ह (क्युएए) (क्वालिटी एस्योरेन्स एन्ड अक्रेडिटेस ) जाने तयारी गरिरहेका छौं। त्यसको लागि हामीले भौतिक रुपमा भौतिक कुरा देखि शैक्षिक अवस्थालाई गुणस्तर बनाएर लानुपर्ने चुनौती छ । यदि हामीले क्युएए प्राप्त गर्ने सकेनौं भने, त्रिभुवन विश्वविद्यालयबाट पाउने विभिन्न सुविधाहरुबाट हामी वञ्चित हुनेछौं, त्यसो भएर त्यसको लागि हामीले पुरै तयारी गरिरहेका छौं।
शिक्षााको गुणस्तर कमजोर भएका कारण विदेशी विश्वविद्यालयमा युवाहरु पढ्न गएका हुन् त !के छ यहाँको धाारणा ?
शैक्षिक गुणस्तर भन्दापनि नेपालमा ११,१२ सकेर स्नातक तहको सम्पुर्ण पढाइको नतिजा आउन झण्डै पाँच बर्ष लाग्छ कोभिडको बेलामा त अझ ६ बर्ष नि लाग्यो र लामो समय लाग्ने भएकाले त्यो अवधि भर विद्यार्थीरु केही आय आर्जन गर्न खोज्छन् त्यो संभावना नेपालमा कम छ। त्यसैले यस्तो अवस्था सिर्जना भएको हो।
अहिले पनि हाम्रो पाठ्यपुस्तकहरु पुरानै ढर्राका छन्, शिक्षा ऐन पनि पुरानै छ कहिले सुधार आउला ?
समय अनुसार पाठ्यपुस्तकहरु पनि पुरानै छन् ।नयाँ आउनुपर्छ विश्व बजारमा बिक्ने पुस्तक त चाहियो नि ! शिक्षा ऐन पनि आउने कुरा सुनेको थिए । अहिलेको शिक्षामन्त्री माननीय विद्या भट्टराईले पनि हाम्रो कलेजमा नै पाँच, छ बर्ष पढाउनु भएको हो । उहाँको कुरा सुन्दा त्यसमा चाँडै सुधार आउने आशा गरेको छु ।
शिक्षालाई संविधानको मौलिक हकको रुपमा राखिएको छ, तर हाम्रो शिक्षा निकै महंगो छ।ठुुलो धनरासी नेपाली जनताले शिक्षामा खर्चनु परेको छ, के नेपालको शिक्षा दलाल माफियाको हातमा गएको हो ?
तपाईले भन्नुभएको सत्य कुरा हो। शिक्षा नि:शुल्क हुनुपर्छ। ठुलो धनरासी नेपाली जनताले खर्चनु परेको कुरा यथार्थ हो, तर नेपालको शिक्षा प्रणाली नै दलाल माफीयाको चंगुलमा फसेको छ। शिक्षालाई संविधानको मौलिक अधिकार संग राखिए पनि नि:शुल्क शिक्षा भनेको मनको लड्डु घिउ संग खानु भनेको जस्तै भएको छ। अहिले पैसा कमाउने मुख्य बाटो भनेकै स्कुल कलेज अस्पताल खोल्ने र नेता, ठुला ब्यापारीहरुको लगानी त्यहाँ बढी हुन्छ । हामीले सुनेका छौं निकै महंगो शुल्क पनि तिर्नु पर्ने बाध्यता छ । एउटा यस्तो मनोविज्ञान छ, समाजमा छिमेकीको छोरा कुनै निजी स्कुल वा कलेजमा पढ्यो भने फलानोको छोरा त महङ्गो स्कुलमा पढ्छ, उसको त घरै सम्म गाडीको सुविधा छ, त्यसपछि आफ्नो छोरा पनि त्यही स्कुलमा एक छाक नखाएर भए पनि पढाउनपर्ने, देखावटी गर्नुपर्ने र निजि कलेजमा शिक्षक शिक्षिकालाई भने डर हुन्छ, सानो कमजोरी भयो भनेपनि त्यसले जागिरलाई नै असर पार्छ कि भन्ने एउटा डर हुन्छ । त्यसो भएर निजी विद्यालयका शिक्षक विद्यार्थी दुबै अनुशासीत हुन्छन् तर त्यही कुरा सरकारी विद्यालयमा लागू हुन्न । समस्यको कारण नै यही हो। पछि एघार अध्ययन पुरा गरिसकेपछि आखिर शिक्षा त उही रहेछ भन्ने कुरा बुझ्छ विद्यार्थीले।
प्राविधिक शिक्षामा राज्यले जोड नदिएका कारण १२ कक्षा उतिर्ण भएपछि विदेश जाने युवाहरुको लर्को छ, के भन्नु हुन्छ ?
मैले पनि कम्प्युटर इन्जिनियरिङ बाहिर नै पढेको हो, त्यतिबेला नेपालमा प्राविधिक शिक्षा विकास भएको थिएन l मैले धैरेेै बाहिरको विश्वविद्यालय पनि नियालेको छु। म के भन्छु भने, शिक्षा भनेको नै ज्ञान, सीप, क्षमताको भण्डारण हो । प्राविधिक शिक्षा हासिल गर्न विदेश नै जानुपर्छ भन्ने मलाई लाग्दैन यहाँ पनि धेरै विद्यालय क्याम्पस छन्। इन्जिनियरङ्ग फार्मेसी अन्य धेरै छन्। मुलतः बिषय छनोट गर्दा विद्यार्थीहरुले प्राविधिक शिक्षामा विशेष जोड दिन आवश्यक छ। त्यसो भयो भने विश्वको कुनै ठाउँमा आफ्नो श्रमबाट आफुलाई टिकाउन सकिन्छ। विदेश जानुपर्ने सोच भनेको विद्यार्थीले धेरै कमाउने, धेरै पढ्ने आशा पनि हुन सक्छ ।
ग्रामीण बहुमुखी आदर्श क्याम्पसमा विद्यार्थीलाई दिने छात्रवृत्तिको अवस्था कस्तो छ ? हाल ११ र १२ मा कुन कुन बिषयमा पढाई भइरहेको छ ?
गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्तिको व्यवस्था छ ।हामीले सुरुमा अन्तरवार्ता लिन्छौ अनि जसको बुवाआमा छैन, हामीले उसलाई पहिलो प्राथमिकतामा राख्छौं।हामीकहाँ ११–१२ मा विज्ञान सङ्काय पनि छ । त्यसभन्दा माथि तीनवटा सङ्काय व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी सङ्कायमा स्नातकोत्तरसम्म पढाइ भइरहेको छ
अन्तमा के भन्नु हुुन्छ ?
सामुदायिक सरकारी विद्यालयमा शिक्षाको सुधारको निम्ति पहिले अभिभावक नै सचेत हुनुपर्दछ । सरकारले सामुदायिक विद्यालयको सुधारको निमित्त स्रोत साधन र अनुगमनमा ध्यान दिनुपर्ने हुन्छ ।