
बागलुङको गलकोटमा जिप दुर्घटना गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु ।


ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा रा १ झ २०० नं को सरकारी जिप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरी चौकी नरेठाँटी बागलुङमा आज बिहान पौने ९ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा सोही गाउँपालिका वडा नम्बर- २ का वडा अध्यक्ष जसबहादुर कामी र उपाध्यक्ष बुढाको आमा गोपिमाया बुढा रहेका छन्। घाइते जीप चालक २९ वर्षीय प्रेमबहादुर पुनको भने धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ। बस ३ सय मिटर तल खसेको थियो।