पृथ्वी परिक्रमाः पृथ्वी , विश्व बन्धुत्व र चराचर जीव प्रतिको सम्मान
तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
कार्तिक शुक्ल पुणर््िमा यस बर्ष कार्तिक ३० गते श्री कृष्ण प्रणामी समाजले पृथ्वी परिक्रमाको आयोजनागरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालीकाको नवतनधामदेखि सुन्दरसाथहरुले नाचगान र भजनकर्तिन गर्दै कृष्ण प्रणामी मन्दिर भैमाल, हिन्दुहरुका अराध्यदेव श्री पशुपतीनाथको मन्दिर ,गुह्येश्वरी मन्दिर हुँदै पुनः नवतनधाममा आएर यात्रा सम्पन्न गरेका छन् । नवतनपुरी धामको स्थापनाको स्मरण गर्दे समग्र विश्वमा भएका प्राणी, वनस्पति, पृथ्वी र जीवजन्तुप्रतिको सम्मानको प्रतिकात्मक स्वरुप यो पृथ्वी परिक्रमाको महोत्सवको आयोजना हुनु आफैमा गौरवको बिषय हो ।यस आलेखम पृथ्वी के हो? यसको सम्मान किन आवश्यक छ? भन्ने बिषयहरु विश्लेषणात्मक ढंगले प्रस्तुत गरिएको छ ।
नदीहरू पृथ्वीका धमनी हुन् । नसा हुन् । हिमाल, ताल, पहाडबाट सुरू भएर बग्ने यी नदिले जीवनदान गर्ने पोषण र पानी बोक्छन् । पृथ्वीभर फैलिएर रहेका विशाल जंगल, समुद्रमा तैरिरहेका खरबौं माइक्रोस्कोपिक बिरूवाहरूले कार्बनलाई प्रशोधित गर्दै वायुमण्डल जोगाएका छन् । घना जंगलका रूखहरूले सञ्चित गरेको सूर्यको शक्ति प्रयोग गरेर पानी पार्न तथा अक्सिजन उत्पादनका लागि मद्धत गर्छन् ।पृथ्वीमा रहेका यी असंख्य जीवनको संयुक्त कलाकारिताले नै पृथ्वीमा जीवन सम्भव भएको हो । यही कलाकारिता नै जैविक विविधता हो । जैविक विवधता जोगाउनु नै पृथ्वी जोगाउनु हो । पृथ्वी परिक्रमाको प्रतिकात्मक अर्थ समेत यस धर्ती माताको कल्याण्कै लागि हो । यो पृथ्वी प्रतिको गौरव र सम्मान नै हो भन्ने हो ।
“पृथ्वी“ शब्द संस्कृत हो। यो शब्द संस्कृत भाषाबाट आएको हो। यसको अर्को नाम “विश्व“ हो। पृथ्वीमा पौराणिक पृथुरको शासन थियो। पृथ्वीको पर्यायवाची शब्द वसुधा, बसुन्धरा, धरा, धरनी, पृथ्वी, धरताल, भूमी, क्षिती, माही, दुनिया आदि छन्। पृथ्वी सूर्यको दूरी अनुसार सौर्यमण्डलमा रहेका आठ ग्रहमध्ये पृथ्वी तेस्रो, सबैभन्दा घना र पाँचौँ ठूलो ग्रह हो। सूर्यबाट यसको दूरी लगभग १५ करोड किलोमिटर छ। यो सौर्यमण्डलका चारवटा अत्यन्तै कठिन ग्रहहरूमध्ये एक हो। पृथ्वीको अर्को नाम “संसार“ वा “नीलो ग्रह“ हो। यसलाई विश्व पनि भनिन्छ। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाशेष भेटिएको एक मात्र ग्रह हो। यो ग्रह करिव ४.५७ अर्ब (४.५७×१०९) वर्ष अगाडि उत्पन्न भएको हो। त्यसको केही पछि यसले एकमात्र प्राकृतिक उपग्रह, चन्द्रमा, प्राप्त गरेको थियो। पृथ्वीले सुर्यको वरीपरी ३६५.२५ दिनमा १ फन्को घुम्दछ। युनानी भाषामा यसलाई गाया र ल्याटिनमा यस ग्रहको नाम तेरा हो।
पृथ्वीमा मानिसलगायत अन्य अरबौँ प्रजातिका जीव तथा बनस्पतिको उपस्थिति रहेको छ। आजसम्म जीवन अस्तित्वमा रहेको एक मात्र ब्रह्माण्डीय पिण्ड पृथ्वी हो। पृथ्वी ४५४ करोड वर्षअघि बनेको थियो। एक अरब वर्षभित्रै पृथ्वीमा जीवन देखा परेको थियो। पृथ्वीको जीवमण्डलले यस ग्रहको वायुमण्डल र अन्य अजैविक अवस्थाहरूमा उल्लेखनीय परिवर्तनहरू ल्याएको छ। फलस्वरुप एकातिर जीवित जीवहरू अस्तित्वमा आएका थिए भने भने अर्कोतिर पृथ्वीमा ओजन तहको पनि निर्माण भइसकेको थियो। पृथ्वीको चुम्बकीय क्षेत्रसँगसँगै यसको ओजन तहले हानिकारक सौर्य विकिरणलाई अवरुद्ध गरी ग्रहमा जीवन विकासका लागि बाटो खोलिदिएको थियो। यस अवधिमा पृथ्वीको प्राकृतिक स्रोत र यसको भौगर्भिक इतिहास र अक्षले जीवनको अस्तित्वलाई जोगाउन महत्त्वपूणर् काम गरेको थियो।अर्को ५० करोड वर्षसम्म पृथ्वी प्राणीका लागि उपयुक्त हुने आशा गरिएको थियो।
ब्रह्माण्डका अन्य वस्तुहरूसँग पृथ्वीको निकट सम्बन्ध रहेको छ। विशेष गरी यस ग्रहको सूर्य र चन्द्रमासँग विशेष सम्बन्ध रहेको छ। हाल पृथ्वीले सूर्यलाई लगभग ३६५.२६ सौर्य दिनमा वा एक नक्षत्र वर्षमा परिक्रमा गर्छ। पृथ्वी आफ्नो अक्षमा ६६.१/२ डिग्रीको कोणमा झुकेको छ। फलस्वरूप भूमध्यरेखा वर्षको अवधिको (३६५.२४ सौर्य दिन) समयमा विश्वमा मौसम परिवर्तन हुन्छ। पृथ्वीको एक मात्र ज्ञात प्राकृतिक उपग्रह चन्द्रमा हो। चन्द्रमाले ४.३५ अरब वर्षअघि पृथ्वीलाई परिक्रमा गर्न थालेको अनुमान गरिन्छ। चन्द्रमाको गतिले गर्दा पृथ्वीको समुद्री ज्वारभाटा फुट्ने गर्दछ र पृथ्वीको कक्षको ढाल स्थिर छ। चन्द्रमाको गति गर्दा बिस्तारै बिस्तारै पृथ्वीको गतिमा पनि कम हुँदै जान्छ। गुरुत्वाकर्षणको अर्को दुर्घटना हुँदा ३.८ अरबदेखि ३.८ देखि ४.१ अरब वर्षको मध्यवर्ती समयमा थुप्रै क्षुद्रग्रहहरूसँँग पृथ्वीको टक्करले गर्दा पृथ्वीको सतहमा उल्लेखनीय परिवर्तनहरू आएका थिए।
सौर्यमण्डलमा पाइने सबैभन्दा पुरानो पदार्थ ४.५६८२ अर्ब वर्ष पहिलेको मानिएको छ। ४.५४ अर्बवर्ष पहिले आदिम पृथ्वीको निर्माण भइसकेको थियो। सौर्यमण्डलका पिण्डहरू सूर्यसँगैसँगै निर्माण र विकास भएका थिए। एक सिद्धान्तमा आधारित मान्यताका अनुसार सौर्य निहारिकाले गुरुत्वाकर्षण पतनद्वारा एक आणविक बादलबाट एक भागलाई विभाजित गरि एक परिस्थितिजन्य चक्रमा घुम्न र चेप्टो हुन सुरु गर्दछ भने ग्रह सूर्यको साथ उक्त चक्रबाट बाहिर निस्किन्छ। एक निहारिका वायव्य पदर्थ, बरफको टुक्रा र धुलकणहरू मिलेर बनेका हुन्छन्। निहारिका सिद्धान्तका अनुसार अभिवृद्धिद्वारा गठित ग्रहहहरूको निर्माण हुन्छ
७५ देखि ५८ करोडवर्ष पहिले नियोप्रोटेरोजोइकको समयमा पृथ्वीको अधिकांश भाग हिउँले ढाकेको मानिन्छ। यस अवधारणालाई “स्नोबल अर्थ“ भनिन्छ। जटिल बहुकोशिकीय जीवहरू गठन हुन थालेपछि क्याम्ब्रियन विस्फोट भएकाले यस समयको विषय महत्त्व रहेको छ। क्याम्ब्रियन विस्फोटपछि ५३ करोड ५० लाख वर्ष पहिले पाँच वटा ठूला विस्फोट भएका थिए। सबैभन्दा पछिल्लो विस्फोट क्रेटेसियस-टर्सियरी विलुप्त हुनु हो जुन ६६ करोड वर्ष पहिले भएको थियो। यस अवधिमा क्षुद्रग्रह र अन्य ठूला सरीसृपको प्रभावमा उड्न नसक्ने डायनोसर लोप हुँदै पनि स्तनधारी जस्ता जीवजन्तुका स-साना प्रजातिहरू बाँच्न सफल भएका थिए। ६ करोड ६० लाख वर्षअघिसम्म स्तनधारीहरूको जीवन फरकफरक थियो र केही लाख वर्ष पहिले प्राचीन अफ्रिकी बाँदरजस्ता जनावरहरूले सीधा उभिने क्षमता हासिल गरेका थिए। कृषिको विकास र पछि सभ्यताको विकाससँगै वातावरण र प्रकृतिमा मानवीय प्रभाव बढ्दै जाँदा हालसम्मको स्थिति प्राप्त गरिएको हो।
पछिल्ला ५० वर्षमा पृथ्वीमा मानिसको जनसंख्या दोब्बरभन्दा बढीले वृद्धि भयो । र, हरेक मान्छे एउटा नयाँ उपभोक्ता बन्यो । तर, यही अवधिमा हामीले पृथ्वीका प्राकृतिक स्रोतको भरपुर दुरूपयोग गर्यौं । पृथ्वीको शोषण गर्यौं । त्यसैले त वैज्ञानिकहरू भन्छन, ‘स्वागत छ, एन्थ्रोपोसिन युगमा ।अर्थात् मानिसले पृथ्वीमा रजगज गरेको समय । जमिनको तीन भाग, सामुद्रिक पानीको दुई भाग मानिसका क्रियाकलापले नराम्रोसँग प्रभावित भएका छन् । पानीको मुख्य स्रोत मानिने हिउँ ४० प्रतिशतले घटेको छ । पृथ्वीका धमिन र नसा भनिने नदी, तालहरू सुख्खा हुँदै गएका छन् । रासायनिक प्रतिक्रियाहरूको परिणामस्वरूप लगभग ४ अरब वर्षपहिले पहिलो अणु अस्तित्वमा आएको थियो भने अर्को ५० करोड वर्षपछि सबै जीवित प्राणीहरूको विश्वव्यापी समान पूर्वजहरू पत्ता लागेको थियो। प्रकाश संश्लेषणको विकासको कारण सौर्य ऊर्जाले जीवहरूको अस्तित्व र प्रजननमा प्रत्यक्ष रूपमा मद्दत गरेकाले अक्सिजन वायुमण्डलमा एकीकृत हुन्छ र सूर्यको पराबैजनी किरणहरूसँगको अन्तरक्रियाको कारण ओजोन तहले पृथ्वीलाई हानिकारक किरणहरूबाट बचाउँछ।
प्राकृतिक दुनियाँमाथि हाम्रो कब्जा सफल भएको छ । त्यसैले त पृथ्वीको आधाभन्दा बढी उर्वर भूमि कब्जा गरेर हामी कृषि गछौं । प्रत्येक वर्ष पृथ्वीको तापक्रम बढ्नुका साथै हावा प्रदूषित हुँदै गइरहेको छ । डब्लुडब्लुएफको अध्ययनअनुसार त पृथ्वीका ९० प्रतिशतभन्दा बढी मानिस प्रदुषित हावामा श्वास फेर्छन् । निशंकोच यो हावा हामीले नै प्रदुषित बनाएका हौं ।तात्दै गएको पृथ्वीको मौसमी चक्र बिथोलिएको छ । अब पहिले जस्तो सहजै मौसम अनुमान गर्न नसकिने भएको छ । मौसमी चक्र बिथोलिँदा यसको सिधा असर कृषि उत्पादनमा परेको छ । पृथ्वीको आधाभन्दा बढी जमिन हामीले कब्जा गर्यौं । पृथ्वीमा रहेका ठूलाठूला जंगल फँडानी गरेर हामीले सभ्यता विकास त गर्यौं । तर, हाम्रो सभ्यता पृथ्वीका लागि भने अभिशाप साबित हुँदैछ । हाम्रो दोहन कहाँसम्म पुगेका छ भने, समुद्रका ९० प्रतिशत ठूला शिकारी जनावर हामीले गुमाइसकेका छौं । पछिल्ला ५० वर्षमा पृथ्वीबाट जंगली जनावरको संख्या औसतमा वाषिर्क ६० प्रतिशतले घट्दो छ । जंगली जनावरलाई हामीले घरपालुवा जनावरले विस्थापित गर्यौं । हामी र हाम्रा पाल्तु जनावर नै पृथ्वीका ९० प्रतिशत स्तनधारी प्राणी हौं ।
मौसमी चक्र विथोलिँदा घट्न गएको कृषि उत्पादन बढाउन हामीले विषादी प्रयोग गर्यौं । परिणाम हाम्रो स्वास्थ्य मात्र बिग्रिएन, माटोको उर्वरता शक्ति घट्यो । कृषि उत्पादनका लागि आवश्यक मानिने माटोमा पाइने स-सना जीवनको विनाश भयो । यी सबैको एकमुष्ट असर फेरि कृषि उत्पादनमै पर्यो ।हामीले कहिल्यै कल्पना गर्नुभएको छ, पृथ्वीले हामीलाई निः शुल्क प्रदान गरिहेको कुरा ? उपहारमा पाएको शुद्ध हावा, पानी, मलिलो माटो र अन्य प्राकृतिक चिजको मूल्य तिर्नु परेको भए के हुन्थ्यो ?मूल्य तिर्नु परेको भए मानव विश्वको कूल ग्राहस्थ उत्पादनको दुई गुणाले पनि पृथ्वीले प्रदान गरेका स्रोतको मूल्य तिर्न सकिँदैन । हाम्रो र हाम्रो ग्रहको भविष्य अब हाम्रो हातमा छ ।
पृथ्वीसँग जीवन प्रदान गर्ने अद्भूत क्षमता छ । तर, यो क्षमता अब कमजोर हुँदै गएको छ । ‘पृथ्वीमा आएका हर एक जीवले पृथ्वीको वातावरण जीवनका लागि सहज बनाउन योगदान गरे । पृथ्वीको माटो र पानीले जीवनलाई झनै उर्वर बनायो ।बढ्दो जैविक विविधताले पृथ्वीको जीवन जटिल बन्दै गयो । यो जटिलता नै नयाँनयाँ जीवन निर्माण गर्ने पूँजीको रूपमा विकसित भयो । जैविक विवधताको यो अथाह पूँजीले नै आज यो ग्रहमा यति धेरै जीवन सम्भव भएको हो ।पृथ्वी आफैंमा एउटा जीवित ग्रह जस्तै हो । पृथ्वीलाई आफ्नो निवास बनाएका असंख्य जीवहरू नै यसका प्राण हुन् । पृथ्वीका अंग हुन् । पृथ्वीलाई स्वस्थ्य राख्न पृथ्वीमा रहेका हरेक जीवनको भूमिका छ।उदाहरणका लागि पृथ्वीका उत्तरी र दक्षिणी धुव्रले पृथ्वीका लागि ‘एअर कन्डिसनको काम गर्छन् । यी धु्रवले सुर्यबाट आउने उग्र ताप र हानीकारण किरणलाई परावर्तित गर्दै पृथ्वीलाई चिसो बनाइराख्छन् । समुद्री हिउँले सामुन्द्रिक जीवका लागि खाद्यान्न सञ्चय र उत्पादन गर्दछ ।
वसुधैव कुटुम्बकम भन्ने वाक्यांशको उत्पत्ति प्राचीन ग्रन्थ ‘उपनिषद्बाट भएको हो । वसुधैव कुटुम्बकम् संसार एक परिवार हो । वसुधा भनेको पृथ्वी हो । कुटुम्बकम् भनेको आफन्त । पृथ्वीका सबैलाई आफन्त मान्ने विश्वबन्धुत्वको अवधारण नै वसुधैव कुटुम्बकम् हो । समग्र प्राणीमा समभाव राख्न सक्नुपर्दछ । यो लोकमा सबै समान छन् । सबैैको समान अस्तित्वको स्वीकार गर्नुपर्छ भन्ने सिद्धान्त नै वसुधैव कुटुम्बकम् हो । वैदिक परम्परामा वसुधैव कुटुम्बकमको अर्थ पृथ्वीमा रहेका सबै जीवित प्राणीहरू एक परिवार हुन् भनेर उल्लेख गरिएको छ ।यो संसारमा कसैको निजी केही पनि छैन । आफ्नो हो भन्नु केवल भ्रम मात्र हो । किनिक न हामीले चाहेर हामी जन्मेका छौँ नत मृत्यु नै हाम्रा हातमा छ । यसैले वास्तविकता हाम्रो वसमा छैन । यसैले सर्वत्र समभावको जागृति हुनपर्दछ । मित्रताको भाव रहनुपर्दछ । बन्धुत्वको सहकार्यले नै हाम्रो कल्याण रहने कुरा नै वास्तवमा हाम्रो मार्गदर्शक हुनु आवश्यक छ ।
वसुधैव कुटुम्बकम् अर्थात् विश्वबन्धुत्वको भावना हाम्रो मूलमन्त्र हो । यो नै मानव जीवनयापनको सर्वोत्तम मार्ग हो । जबसम्म हामी यो मार्गमा हिँड्न सक्दैनौँ संसारमा अस्थिरता र अशान्तिका चक्रव्यूह चलिरहन्छन् ।सार्थक जीवनका निम्ति सार्वत्रिक विश्वबन्धुत्वको भावना आवश्यक छ । किनकि हामी सबै एक आपसमा समान छौँ । हाम्रा कोही पनि शत्रु छैनन् । हामी सबैको अस्तित्व समान छ । हाम्रो जीवनको उद्देश्य र गन्तव्य समान छ ।
वसुधैव कुटुम्बकम् अर्थात् विश्वबन्धुत्वको भावना हाम्रो मूलमन्त्र हो । यो नै मानव जीवनयापनको सर्वोत्तम मार्ग हो । जबसम्म हामी यो मार्गमा हिँड्न सक्दैनौँ संसारमा अस्थिरता र अशान्तिका चक्रव्यूह चलिरहन्छन् । सार्थक जीवनका निम्ति विश्वबन्धुत्वको भावना आवश्यक छ । किनकि हामी सबै एक आपसमा समान छौँ । हाम्रा कोही पनि शत्रु छैनन् । हामी सबैको अस्तित्व समान छ । हाम्रो जीवनको उद्देश्य र गन्तव्य समान छ ।यसैले आपसमा द्वेषको भावना राख्नु आफैँलाई कमजोर तुल्याउनु हो, आफ्नै विनाशको बाटो खन्नु हो । जसरी दुर्योधन आफ्नै जालोमा फसे । यसैले असल जीवनयापनका सूत्र हामीलाई हाम्रा ऋषिले प्रदान गरेका छन् । बुद्ध र जनक हाम्रा अग्रज हुन् । हामी आफ्नै दर्शमा उभिएका छौँ । अथक तपस्या गरेर हाम्रा ऋषिमुनिहरूले दिएका ज्ञान ओखती समान छन् । यसैले सर्वकल्याणका निम्ति विशवबन्धुत्वको भावना सर्वत्र जागृत हुनु आवश्यक छ ।
संसारमा ममत्वको वरण भनेको अहंकारको प्रदर्शन हो । जबसम्म हामी मेरोको भावनाबाट माथि उठ्न सक्दैनौँ तबसम्म हाम्रो कल्याण असम्भव छ । त्यसैले त उपनिषद्ले वसुधैव कुटुम्बकम्को व्यवहार गर्नुपर्दछ भनी आदेश गरेका छन् । पृथ्वीका सबै मानिसहरु बन्धु समान हुन् । कोही आफ्नो र कोही परका हुदैनन । सबैलाई समान व्यवहार गर्नुपर्दछ । जसले सबै समान हुन् भन्ने उदार चित्तको प्रदर्शन गर्न सक्छन् ती व्यक्ति नै महान् हुन् । जबसम्म यस्तो ज्ञान प्राप्त हुँदैन ।हम्रो जीवनको लक्ष्य सर्वकल्याण हुनु पर्दछ । सबैको कल्याण चाहने व्यक्तिमा सर्वप्रथम विनयभाव रहनुपर्दछ । स्वार्थ एवं अहंको प्रदर्शन गर्ने व्यक्ति सानो चित्तका हुन् आफ्नो र अर्काकोमा भेद देख्दछन् । तर, उदार चित्त भएकाले सबैलाई समान देख्दछन् र देख्नुपर्दछ भनी बताइएको छ ।भौतिक नक्साले कोरिएका सीमारेखाभन्दा मानव माथि उठ्न सक्नुपर्दछ । किनकि भौतिक सीमा कोर्नु भनेको विभेदको पर्खाल खडा गर्नु अझ भनौँ अशान्तिको बिउ रोप्नु हो । यो धराधाम न कसैको थियो, न कसैको छ र न कसैको मात्र हुनेछ । यो सबैको हो ।भौतिक दुःखको कारण हो भने अध्यात्म अनन्त सुख । क्षणिक सुख भौतिक हो भने अनन्त सुखको कारण अध्यात्म हो । यसैले अनन्त सुख प्राप्तिका निम्ति वसुधैव कुटुम्बकम्को भाव हामीमा रहन सक्नुपर्दछ ।
सबैैको समान अस्तित्वको स्वीकार गर्नुपर्छ भनी महोपनिषदमा भनिएको छ ।
अयं निजः परो वेति गणना लघुचेतसाम् ।
उदारचरितानां तु वसुधैव कुटुम्बकम् ॥ (महोपनिषद्,४।७१)
अर्थात् सानो चित्त भएका व्यक्तिले यो मेरो र यो अर्काको भनी भेदभाव गर्दछन्, उदार हृदय भएकाले पृथ्वीका सबैलाई आफन्त जस्तै व्यवहार गर्दछन् ।सहकार्यको भावलाई पनि उपनिषद्ले स्वीकारेका छन् । उपनिषद्मा भनिएको छ ।
‘सह नाववतु सह नौ भुनक्तु, सह वीर्यं करवावहै, तेजस्विनावधीतमस्तु माविद्विषावहै
अर्थात् यो विश्व ब्रम्हाण्डमा भएका हामी सबै साथसाथै हाँस्न खेल्न र रमाउन सक्नुपर्दछ । सबैलाई आफ्नै जस्तो देख्न सक्नुपर्दछ । एकले अर्कामा द्वेषको भाव नराखी साथ साथै सहकार्य गर्नुपर्दछ भनी हाम्रा महर्षिले उपदेश दिएका छन् । आपसमा मित्रताको भावले मात्र आफ्नो र यो संसारको उन्नती र कल्याण हुन सक्छ ।
संसारमा ममत्वको वरण भनेको अहंकारको प्रदर्शन हो । जबसम्म हामी मेरोको भावनाबाट माथि उठ्न सक्दैनौँ तबसम्म हाम्रो कल्याण असम्भव छ । त्यसैले त उपनिषद्ले वसुधैव कुटुम्बकम्को व्यवहार गर्नुपर्दछ भनी आदेश गरेका छन् । पृथ्वीका सबै सबैका बन्धु समान हुन् । कोही आफ्नो र कोही परका छैनन् । सबैलाई समान व्यवहार गर्नुपर्दछ । जसले सबै समान हुन् भन्ने उदार चित्तको प्रदर्शन गर्न सक्छन् ती व्यक्ति नै महान् हुन् । जबसम्म यस्तो ज्ञान प्राप्त हुँदैन तबसम्म यो संसारमा अस्थिरता रहिरहन्छ । हत्यासिंहा जस्ता कार्य चलिरहन्छन् ।
भौतिक रगतले कोरिएका सीमारेखाभन्दा मानव जगत अझैमाथि उठ्न सक्नुपर्दछ । किनकि भौतिक सीमा कोर्नु भनेको विभेदको पर्खाल खडा गर्नु अझ भनौँ अशान्तिको बिउ रोप्नु हो । यो धराधाम न कसैको थियो, न कसैको छ र न कसैको मात्र हुनेछ । यो सबैको हो । मेरो वा हाम्रो भन्नु दुःखको कारण हो । संसारमा युद्धका विभीषिका यही अहंभावका कारण छेडिएका छन् । महाभारत, ट्रय यसैका ज्वलन्त उदाहरण हुन् । विश्वयुद्ध यही अहंकारले मच्चिएका थिए । यसैले अहंकारलाई त्यागी सुख र शान्तिको कामना गर्नेले विश्वबन्धुत्वको भावना राख्न सक्नुपर्दछ ।यसबाटमात्रै विश्व कल्याण हुनसक्ने देखिन्छ ।
यसप्रकार मानवले नेतृत्व गरेको पृथ्वीमा सचेत प्राणीको हिसावले जीव, बनस्पती, जलचर थलचर सबैको अस्तित्व संरक्षण गर्दै अगाडी बढनु पर्दछ । विज्ञानको देन मानवजातीको हितमा भएकोले यसको दुरुपयोग गर्नु हुदैन । अन्तराष्ट्रिय संघ संस्था, माहाशक्ति राष्ट्रहरुले पृथ्वीलाई जीवन्त राख्न विवेकशील नियम लागू गर्नु पर्दछ र आपत विपत तथा यस्ता माहामारी माथि विजय प्राप्त गर्न विश्व एकजुट भई वशुधैव कुटुम्बकमलाई आत्मसात गर्नुपर्दछ ।
आज संसार एउटा गाउँ भएको छ । मानिस चौबीस घण्टाभित्र पृथ्वीको एक कुनाबाट अर्को कुनामा पुग्दछ । संसारको एक कुनाको खबर सेकेण्डमै अर्को कुनामा पुग्छ । यसैकारण आज मानवता प्रवद्र्धन अति जरुरी भएको छ । विश्वबन्धुत्व प्रवद्र्धन जरुरी भएको छ । वसुधैव कुटुम्बकम जरुरी भएको छ । ‘बाचौँ र बाँच्न देऔँको फैलावट जरुरी भएको छ ।जीवनको यथार्थ र सत्य अनुभूति गराउने र मानव सभ्यताका सफलताका प्रमाणहरू प्रस्तुत गरेर समाजमा शक्तिको सञ्चार गराउन सक्ने सञ्चारजगतले नै हो । विपत्तिबाट सिकेका ज्ञानले मानिस आजको सभ्यतामा आइपुगेको हो । हाम्रा आदर्श जीवनदर्शनको प्रचारप्रसार आजको आवश्यकता हो ।
मृत्युमा विजयप्राप्ति सम्भव छैन तर अभय सम्भव छ । संकटमा बाँच्नका लागि मानवीय प्रेम र उत्प्रेरणा आवश्यक पर्छ । घटनाबाट सिक्दै मानिस आजको युगमा आइपुगेको हो । यो क्रम अवश्य रोकिने छैन । आँधी-तुफान त आइरहन्छ । विश्व बन्धुत्व र वसुधैव कुटुम्बकम्मा जीवनको सार्थकता खोजौँ । प्रकृतिमाथि विजयको प्रयास अनिष्टकारी साबित भइसकेको छ । क्रोध वा रिस एक भावना हो। यो डरबाट उत्पन्न हुन सक्छ । जब व्यक्तिले डरको कारण रोक्न प्रयास गर्छ तब व्यवहारमा डर स्पष्ट रूपमा व्यक्त हुन्छ। क्रोध मानिसको लागि हानिकारक छ। क्रोध कायरताको लक्षण हो।विलक्षण व्यक्तिमा झन् रिस उठ्छ र परिस्थितिको बोझ बोक्ने हिम्मत र धैर्य हुँदैन।रिस भनेको पीडाले भरिएको अवस्था हो। शारीरिक स्तरमा, क्रोधित हुँदा, हृदयको दर बढ्छ, रक्तचाप बढ्छ। रिस एक नकारात्मक मनोभावना हो। रिसको बाहिरी तथा व्यावहारिक रूप भनेको कसैमाथि हमला वा आक्रमण गर्नु हो। रिस मूलतः एउटै भए पनि यसका अनेकौं रूप छन्। दुख, द्वेष इत्यादि रिसका विभिन्न रूप छन्। रिसको प्रदर्शन तुरुन्त हुन नसकेमा यो दुःख, द्वेषको रूपमा रहिरहन्छ र व्यक्ति मानसिक एवं शारीरिक रूपले रोगी हुन जान्छ। अधिकांश मानिसलाई धेरथोर रिस उठ्छ नै। कमैले मात्र यसको व्यवस्थापन गर्न सक्छन्। समय र परिस्थितिअनुसार मनमा उठेका भावना स्वतः हराउँछन् पनि। रिस यदि नियन्त्रणबाट बाहिर जान थाल्यो भने समस्या उत्पन्न हुन्छ। धेरै रिसाउने बानीले मानिस शारीरिक एवं मानसिक रोगबाट पीडित त हुन्छ। पारिवारिक समस्या पनि पर्छ। करियरमा पनि असर पर्छ। बढी रिसाउने मानिसलाई कसैले पनि मन पराउँदैन। पछि गएर ऊ एक्लै हुन जान्छ।
यसैले आपसमा द्वेषको भावना राख्नु आफैँलाई कमजोर तुल्याउनु हो, आफ्नै विनाशको बाटो खन्नु हो । जसरी दुर्योधन आफनै जालोमा फसे । यसैले असल जीवनयापनका सूत्र हामीलाई हाम्रा ऋषिले प्रदान गरेका छन् । बुद्ध र जनक हाम्रा अग्रज हुन् । हामी आफ्नै दर्शमा उभिएका छौँ । अथक तपस्या गरेर हाम्रा ऋषिमुनिहरूले दिएका ज्ञान ओखती समान छन् । यसैले सर्वकल्याणका निम्ति विशवबन्धुत्वको भावना सर्वत्र जागृत हुनु आवश्यक छ ।
( उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)