रास्वपाका सभापति लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतलको अनुमती ।

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आइतबार जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले रविसहित छविलाल जोशीलाई पनि १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

आइतबारको थुनछेक बहसमा लामिछानेले न्यायाधीशलाई धरौटीमा छाडिदिन आग्रह गरेका थिए । ‘श्रीमान मकतै भाग्दिनँ, अदालतलाई सहयोग गर्छु, म कतै जाने पनि होइन । धरौटीमा छोडिदिनुस्’ । तर, न्यायाधीश बेलवासेले भने उनीविरुद्ध अन्त पनि उजुरी परेकाले कास्की अदालतले छाडेपनि फेरि पक्राउ पर्ने जानकारी गराएको इजलासमा उपस्थित एक कानून व्यवसायीले जानकारी दिए ।

 

LEAVE A REPLY