काठमाडौं तार्केश्वर नगरपालिका काभ्रेस्थलीबाट छुटेको बा४ख ७१११ नम्बरको बस रत्नपार्क तर्फ जाँदा जादै नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिकै ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ ।
बालाजु बृत्त प्रहरी प्रमुखका अनुसार बस दुर्घटनामा परी नुवाकोटको ककनी गाउँपालिका-५ का ५० वर्षीय सञ्चबहादुर लामा र तादी गाउँपालिका-१ घर भइ हाल काठमाडौँ तारकेश्वर–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको मृत्यु भएको हो।
तिब्र गतिमा आएको सीट क्षमताभन्दा बढी यात्रु बाेकेको तारकेश्वर यातायातको बसबाट खसेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् । घाइते सहचालकको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।बसबाट खसेर घाइते भएका बसका सहचालकलाई उपचारका लागि राष्ट्रिय ट्रमासेन्टर उपचार भैरहेको छ। दुर्घटनापछि फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।