शनिवारका दिन नवौ झोलमल उत्पादन तालीम मैतिदेवी स्थित जिएमपी फाउण्डेसनको हलमा सम्पन्न भयो । सुरेन्द्र ढकाल प्रतिष्ठानको प्रायोजन तथा आयोजना र रोटरी क्लव डिल्लिवजारको संयोजनमा भएको एक दिने सो तालीममा मैतिदेवी, ज्ञानेश्वर, डिल्लीवजार र घट्टेकुलो क्षेत्रका ५७ जना स्थानीय महिला तथा पुरुषले सहभागिता जनाउनु भएको थियो । रोटरी क्लव डिल्लीवजारका अध्यक्ष सागर निधि तिवारीको अध्यक्षता र स्वागत मन्तब्यबाट सुरुभएको सो तालिम कार्यक्रम प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले प्रयोगात्मक तथा अन्तरक्रियात्मक विधिबाट संचालन गर्नु भएको थियो । प्रयोगात्मक तालीमको उपादेयतावारे जिएमपि फाउण्डेसनका संस्थापक डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले प्रकाश पार्नु भएको थियो । झोलमल उत्पादन संवन्धी आफनो अनुभव र ब्यवहारले आफनो जीवनमा आएको परिवर्तन वारे सरिता न्यौपानेले जानकारी गराउनु भएको थियो भने झोलमल उत्पादनकोलागि आवश्यक जिवाणुवारे विमना राइले प्रकाश पार्नु भएको थियो । १५ दिन पछि झोलमल उत्पादन हुन शुरु भएपश्चात सो मलको प्रयोग गरी कसरी कौसी तथा करेशावारी कस्ता कस्ता जडिबुटिहरु लगाउन सकिन्छ भन्नेवारेको जानकारी मदन वास्तोलाले दिनु भएको थियो । तालीम कार्यक्रमको मूल्यांकन गर्दै सहभागीहरुको तर्फबाट देवी कार्की अनमोल र खगेन्द्र ढकाल र गजवकुमारी तिमिल्सिनाले यस्तो तालीम कार्यक्रम अति उपयोगी भएको कारण ब्यापकरुपमा घरदैलोमा पुराउनु पर्ने आवश्यकतामा जोड दिनु भएको थियो । कार्यक्रममा सुरेन्द्र ढकाल प्रतिष्ठानका क्रियाकलाप वारे प्रतिष्ठानका मानार्थ सदस्यद्धय संझना पोखरेल र सविता वस्नेत केसीले जानकारी गराउनु भएको थियो । तालीम पश्चात सुरेन्द्र ढकाल प्रतिष्ठानले सबै सहभागीहरुलाई प्रमाणपत्र, एकएकवटा पोलिथिन ड्रम र एक एक वोतल जिवाणुको झोल सौजन्यस्वरुप वितरण गरेको थियो । कार्यक्रमको ब्यवस्थापन पक्षको जिम्मा सुजित थापाको रहेको थियो ।
लाटेस्ट न्युज
गगनलाई प्रचण्डले दिए एक्शन काउन्टर।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गगन थापालाइ काउन्टर दिएका छन। सत्ता परिवर्तनको लागि देउवालाई प्रधानमन्त्री बनाउन काँग्रेससँग पहलगरेको भन्ने झुटको खेती...
सुरेन्द्र ढकाल प्रतिष्ठानको आयोजनामा तालिम सम्पन्न।
शनिवारका दिन नवौ झोलमल उत्पादन तालीम मैतिदेवी स्थित जिएमपी फाउण्डेसनको हलमा सम्पन्न भयो । सुरेन्द्र ढकाल प्रतिष्ठानको प्रायोजन तथा आयोजना र रोटरी क्लव डिल्लिवजारको...
काठमाडौं तार्केश्वरमा भयानक बस दुर्घटना।
काठमाडौं तार्केश्वर नगरपालिका काभ्रेस्थलीबाट छुटेको बा४ख ७१११ नम्बरको बस रत्नपार्क तर्फ जाँदा जादै नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिकै ढोकाबाट खसेर दुई जनाको मृत्यु...
एकै साथ तीन चलचित्रको निर्देशन गर्दै पाठक।
नक्कली प्रचण्डको भुमिकाबाट दर्शकमाझ चिनिएका कलाकार प्रदिप पाठक आजभोलि चलचित्र क्षेत्रमा व्यस्त छन । उनको निर्देशनमा तेजावी सुन ,रातो घाम र सत्रहजार नामक चलचित्र...
घर बगाएपछि गीताले पाइन् ट्रेड युनियन महासंघको साहारा।
शुक्रबार, १४ मङ्सिर
काठमाडौँ । बाढीले घरबास बगाएर घरबार बिहिन भएकी भक्तपुर बिरुवा बस्ने६७ वर्षीया गीता पौडेललाई सहयोग सामग्री प्रदान गरिएको छ।नेकपा (बहुमत) निकट अखिल...
© Copyright @ www.nagarbikash.com 2024 Design By Yagya Bahadur Dahal Incorporation of www.scientificorganization.com