
काठमाडौं तर्फ आउँदै गरेको ग्यास बुलेट कृष्णभिरमा दुर्घटना।


चितवन हुदै काठमाडौं तर्फ आउँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको भारतीय बुलेट ग्यास आइतबार बिहान ८ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभिरमा दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका दिएको जानकारी अनुसार ग्यास बुलेट अनियन्त्रित भएर सडकबाट ५०/६० मिटर तल खसेको हो।
ग्यास बुलेटका चालक भारतको बरुनी बस्ने बर्ष ४५ वर्षीय पंकजकुमार भन्ने बुझिएको इन्स्पेक्टर सिलवालले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अश्विनकुमार गुरुङको नेतृत्वमा गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।