अखिल (क्रान्तिकारी ) को अध्यक्षमा विरेन्द्र शाह निर्वाचित।

0
37

काठमाडौं । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को  अध्यक्षमा  विरेन्द्र शाह  निर्वाचित  भएका छन्। संगठनको २३ औं राष्ट्रिय सम्मेलन आइतवार कास्कीको पोखरामा  सम्पन्न भएको हो।  उक्त सम्मेलन बाट विरेन्द्र शाहको नेतृत्वको १० जनाको पदाधिकारी सहित ७५ सदस्य केन्द्रीय समिति बनेको छ।

जसमध्य  उपाध्यक्षमा रुपा बुढा मगर, डिबि बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिबमा डिबि शाही, रमेश सुनार, गोबिन्द बिष्ट, प्रेम प्रशान्त बोहोरा, हरि बिष्ट र कोषाध्यक्षमा कमला परियार निर्वाचित भएको अखिल  क्रान्तिकारी विद्यार्थी  संगठन जनाएको छ।

संगठनका २३ औं राष्ट्रिय सम्मेलन आयोजक समिती संयोजक मिलन राईको अध्यक्षतामा भएको उक्त सम्मेलनको प्रमुख अथिती नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ’कञ्चन’ रहेका थिए भने,  संगठनका पुर्व अध्यक्ष एवम् फ्याक्सन इन्चार्ज सरद रसाइली, पुर्व महासचिव दिपेन्द्र चलाउने, नेकपा (बहुमत) का गण्डक इन्चार्ज अनन्त, कास्की इन्चार्ज सुजन आयाम लगायतका अथितिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY