
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनले ततायो बल्खु सडक।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा शान्ति पुर्ण रूपमा प्रदर्शन गरेको छ। संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै राप्रपाले आज बल्खुमा प्रदर्शन गरेको हो।
कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट निकालिएको जुलुस बल्खु पुगेको थियो जुलुसमा सहभागीहरुले पृथ्वीनारायण शाहको फोटो बोकेका थिए भने उनीहरुले नेपालको राष्ट्रिय झण्डा र पार्टीको झण्डा पनि बोेकेका थिए।

गत चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि बल्खु आसपासमा कार्यक्रमलाई प्रशासनले लक्षित गर्दे सुरक्षा रणनीति अन्तर्गत ठुलो संख्यामा सुरक्षाकर्मी परिचालित गरेको थियो।

त्यस्तै राप्रपाले प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै स्वयंसेवकहरू पनि तैनाथ गरेको जनाएको छ । राप्रपाले ‘व्यवस्था बदलौँ,अवस्था बदलौँ’ भन्दै भ्रष्टाचार र कुशासनविरुद्ध सभाको आयोजना गरेको जनाएको छ।














