
बालाजु औद्योगिक क्षेत्रको भित्र लागेको आगो नियन्त्रणमा ।


काठमाडौं । बालाजु औद्योगिक क्षेत्रको भित्र शनिबार प्स्टिक उद्योगमा विकराल रुप लागेको आगो नियन्त्रणमा आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अत्यधिक प्रज्ज्वलनशील आगलागी नियन्त्रण गर्ने एयर रेक्यु फायर फाइटर (एआरएफए) आगो नियन्त्रणको लागि पुगेको थियो
आगलागी नियन्त्रणका लागि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली पुगेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।