भक्तपुरमा एक महिला मृत फेला – प्रहरी अनुसन्धानमा।

0
11

भक्तपुरमा एक महिला मृत फेला – प्रहरी अनुसन्धानमा

भक्तपुर, १२ जेठ २०८२ | नगर विकास न्यूज
भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित बृहस्पति मार्गमा डेरा गरी बस्दै आएकी रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्।

प्रहरीका अनुसार उनी जाजरकोटका स्थायी बासिन्दा हुन्। आइतबार दिउँसो १:५० बजे उनी डेरा कोठामा घोप्टो परेको अवस्थामा भेटिएकी थिइन्। प्रहरीका अनुसार कोठा भित्रबाट चुकुल लगाइएको थियो।
हाल घटनाको अनुसन्धान भइरहेको छ। शव पोस्टमार्टमका लागि पठाइएको छ।

घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी वृत्त ठिमीबाट टोली खटिएको र प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। प्रहरीले घटनालाई शंकास्पद मानेको र विस्तृत अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

स्थानीयबासीहरू पनि घटनालाई रहस्यमय मानेर निष्पक्ष छानबिनको माग गरिरहेका छन्।

फोटो क्याप्सन:
भक्तपुरमा मृत अवस्थामा फेला परेकी रोशनी शाही (फाइल फोटो)

– दिनेश लामिछाने, नगर विकास न्यूज

LEAVE A REPLY