काठमाडौँ — ऊर्जा मन्त्री खड्का भन्छन् : ‘विद्युत् आपूर्ति नियमित, अफवाहको पछि नलाग्न आग्रह’।

0
9

काठमाडौँ — ऊर्जा मन्त्री खड्का भन्छन् : ‘विद्युत् आपूर्ति नियमित, अफवाहको पछि नलाग्न आग्रह’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले हाल आवश्यकताअनुसार विद्युत् आपूर्ति गरिरहेको स्पष्ट गरेका छन्। आइतबार साँझ कुलेश्वरस्थित ‘नो लाइट’ शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्तिको समस्या, उपभोक्ताको गुनासो र सम्भावित प्राविधिक कठिनाइका विषयमा जानकारी लिँदै सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन्।

उनका अनुसार हाल देखिएका विद्युत् अवरोध विद्युत् अभावका कारण नभई हावाहुरी, चट्याङजस्ता प्राकृतिक विपद्‌जन्य कारणबाट उत्पन्न भएका हुन्। “बत्ती गइरहेको भन्ने कुरा विद्युत् अभावका कारण होइन,” मन्त्री खड्काले भने, “हाम्रो चाहना हो— उपभोक्ताले सुरक्षित र भरपर्दो विद्युत् प्राप्त गरून्।”

सरकारले यस्ता प्राकृतिक घटनाका कारण आएका अवरोधलाई छिटो समाधान गर्दै आपूर्ति नियमित गर्ने प्रयास गरिरहेको उनले जानकारी दिए। साथै, कृत्रिम रूपमा ‘बत्ती छैन’ भन्ने अफवाह फैलाइएको भन्दै उनले त्यसप्रति सचेत रहन आग्रह गरे।

“विद्युत् अभाव छैन, अहिले हामीले विद्युत् आयात गरेका छैनौँ,” मन्त्री खड्काले भने, “हिजोको तुलनामा आज अझ प्रभावकारी रूपमा आपूर्ति भइरहेको छ। कृपया हल्लाको पछि नलाग्नुहोस्।”

LEAVE A REPLY