योङ   कम्युनिस्ट लिग नेपाल (वाइसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन  आजबाट  काठमाडौंमा सुरु हुदै।

0
43

योङ   कम्युनिस्ट लिग नेपाल (वाइसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन  आजबाट  काठमाडौंमा सुरु हुँदै।

काठमाडौं, जेठ १८ —
“उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि आजको युवा आन्दोलन! सुशासन, सामाजिक न्याय, समृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन!!” भन्ने मूल नारासहित योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंको प्रज्ञा भवनमा  आज बाट  सुरु  हुने भएको छ  । सम्मेलन जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुनेछ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा गर्ने समय तालिकएा तय भएको छ।

तीन दिने सम्मेलनमा मुलुकभरका प्रतिनिधिहरूको सहभागिता रहनेछ भने विविध राजनीतिक, सामाजिक तथा आर्थिक विषयहरूमा गम्भीर छलफल गरिने आयोजक पक्षले जनाएको छ।

सम्मेलनमार्फत संगठनको भावी रणनीति, युवाको उद्यमशिल भूमिका, स्वरोजगार सृजनामा वाइसीएलको योगदान, र समावेशी समाजवाद निर्माणका विषयमा मार्गनिर्देशन गरिने अपेक्षा गरिएको छ।

वाइसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले सम्मेलनको सफलताका लागि शुभकामना दिँदै युवाहरूलाई सिर्जनशील र जिम्मेवार बन्न आह्वान गर्नुभएको छ। उहाँले युवाहरूको सशक्त सहभागिता बिना मुलुकको समृद्धि सम्भव नरहेको उल्लेख गर्दै, सम्मेलनले नयाँ ऊर्जा, दिशा र संकल्प प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

LEAVE A REPLY