नेकपा (बहुमत) र वैज्ञानिक समाजवादी पार्टीद्वारा भारतीय माओवादी नेता वसवराजको हत्याविरुद्ध काठमाडौंमा विरोध गोष्ठी।

0
22

नेकपा (बहुमत) र वैज्ञानिक समाजवादी पार्टीद्वारा भारतीय माओवादी नेता वसवराजको हत्याविरुद्ध काठमाडौंमा विरोध गोष्ठी

काठमाडौं, जेठ २० – भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव वसवराज (नम्बाला केशव राव) सहित अन्य शीर्ष क्रान्तिकारीहरूको नृशंस हत्याको विरोधमा काठमाडौंमा विरोध गोष्ठी आयोजना हुने भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका आहुतीको संयुक्त आयोजनामा यहि जेठ २० गते मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा दिउँसो १२:३० बजे उक्त विरोध गोष्ठी हुने आयोजकहरूले जनाएका छन्।

संयुक्त रुपमा आयोजना गरिएको उक्त कार्यक्रम भारतीय राज्यद्वारा गरिँदै आएको राज्य आतंक, साम्राज्यवादी हस्तक्षेप तथा दक्षिण एसियाली क्रान्तिकारीहरू विरुद्ध बढ्दो फासीवादी दमनबारे गहिरो छलफल केन्द्रित रहने आयोजकले बताएका छन्।

गोष्ठीमा क्रान्तिकारी नेताहरू, प्रगतिशील बुद्धिजीवीहरू, मानवअधिकारकर्मीहरू लगायतको उपस्थिति रहनेछ भने उनीहरूले विषय सम्बोधनमा आफ्ना विचार पनि राख्नेछन्।

आयोजकहरूले उक्त कार्यक्रम क्रान्तिकारी आन्दोलनहरूमा ऐक्यबद्धता प्रकट गर्ने, फासीवादी दमनको भण्डाफोर गर्ने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय क्रान्तिकारी चेतनालाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारेका छन्।

LEAVE A REPLY