माइतीघर मण्डलामा नेकपा (बहुमत)को विरोध प्रदर्शन, नेताहरु गिरफ्तार – तत्काल रिहाइको माग।

0
29

माइतीघर मण्डलामा नेकपा (बहुमत)को विरोध प्रदर्शन, नेताहरु गिरफ्तार – तत्काल रिहाइको माग

काठमाडौं, असार — जिउँदै भट्टिमा हालेर हत्या गरिएका पीडितलाई न्याय नदिई कुख्यात अपराधी अफ्ताव आलमलाई सफाइ दिने न्यायाधीश खुसीराम थारुलाई विरोधस्वरूप कालोमोसो दल्ने घटनापछि नेकपा (बहुमत) निकटका कार्यकर्ताहरूविरुद्ध प्रहरीले कडा हस्तक्षेप गरेको छ।

आज माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनबाट नेकपा (बहुमत)का नेता झलक, प्रमोद, अखिल (क्रान्तिकारी)का महासचिव उषाकिरण, सचिव हरी बिष्ट, सचिवालय सदस्य सर्जन पाण्डे, विद्यार्थी नेता केस सक्षम र समिर लगायतलाई प्रहरीले निषेधित क्षेत्रभित्र प्रदर्शन गरेको भन्दै गिरफ्तार गरेको छ।

प्रदर्शनकारीहरुले न्यायिक भ्रष्टाचारविरुद्ध आवाज उठाउनेहरूलाई राज्यले दमन गरेको आरोप लगाउँदै गिरफ्तार गरिएका नेताहरूको अविलम्ब रिहाइको माग गरेका छन्।

उनीहरूले भने, “न्याय मरेपछि सडक जनताको अधिकार हो। जनताको आवाज उठाउने सडकहरूलाई निषेध गर्नु निरंकुशताको संकेत हो। त्यसैले निषेधाज्ञा तुरुन्तै खारेज गरियोस्।”

प्रदर्शनमा संलग्न नेताहरुले क्रान्तिकारी योद्धाहरूमाथि गरिएको दमन लोकतन्त्रमाथिको कुठाराघात भएको दाबी गर्दै भ्रष्टाचारविरुद्धको लडाइँ थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

 

LEAVE A REPLY