
“सत्तामा पुर्याउनुस्, भ्रष्टलाई टुँडीखेलमा गोली ठोक्छु!” – मेयर हर्क साम्पाङ।


“सत्तामा पुर्याउनुस्, भ्रष्टलाई टुँडीखेलमा गोली ठोक्छु!” – मेयर हर्क साम्पाङ
काठमाडौँ ।
सामाजिक सञ्जालमा ए भावुक र तीव्र असन्तुष्टि पोख्दै धरान उपमहानगरपालिकाको मेयर हर्कसाम्पाङले लेखेका छन् “जनता हो… मलाई एकचोटि, सिर्फ एकचोटि सत्तामा पुर्याउनु! मातृभूमिको कसम, भ्रष्टहरुलाई चुनिचुनी, छानीछानी टुँडीखेलमा पत्रकार सम्मेलन गरेर गोली ठोक्दिन्छु!”
उनले अहिलेको वर्तमान शासन व्यवस्थाप्रति गहिरो असन्तुष्टि र भ्रष्टाचारविरुद्ध आक्रोश प्रकट गरिएका छन् जनताको लामो समयदेखिको पीडा, अव्यवस्था र भ्रष्टाचारको दलदलमा फँसेको देशप्रति जिम्मेवार नेताको अभाव भएको र कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन्।
यसअघि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबीच श्रमदानसम्बन्धी भुक्तानीको विषयलाई लिएर विवाद चर्किएको थियोमेयर साम्पाङले श्रमदानको नाममा भएको कार्यका लागि डोर हाजिरी प्रमाणित गर्दै भुक्तानी गर्नुपर्ने माग गरेका थिए। तर उपमेयर बेघाले यस्तो कामको कानुनी आधार नरहेको भन्दै असहमति जनाएपछि विवाद तीव्र भएको हो।
विवाद क्रमशः उग्र बन्दै गएपछि मंगलबार दिउँसो उपमहानगर कार्यालय परिसरमै दुई पक्षका समर्थकबीच भनाभन र झडपसमेत भएको थियो। झडपमा केही माओवादी समर्थक घाइते भएका छन्।