नेकपा (बहुमत) निकट युवासंगठनद्वारा NIC Asia बैंकले लिलाम गरेको घर कब्जा।

0
82

 

NIC Asia बैंकले लिलाम गरेको घर कब्जामा: कम्युनिष्ट युवा संगठनको कारबाही

ललितपुर, असार १६ गते – ललितपुरको एक घरलाई कम्युनिष्ट युवा संगठन नेपाल (नेकपा बहुमत निकट) ले कब्जा गरेको छ। संगठनका अनुसार उक्त घर NIC Asia बैंकले भुमाफियासँग मिलेर जालसाजी गर्दै लिलाममा चढाएको आरोप लागेको छ।

कम्युनिष्ट युवा संगठन नेपाल ललितपुरले सोमबार आयोजना गरेको कार्यक्रममा बैंक र भुमाफियाविरुद्ध विरोध जनाउँदै उक्त घर कब्जा गरिएको घोषणा गरेको हो। संगठनले कब्जा गर्नुका मुख्य कारणहरू निम्न रूपमा स्पष्ट पारेको छ:

१) सेवाग्राहीमाथि मानसिक यातना – संगठनका अनुसार NIC Asia बैंकले नियमित सेवाग्राहीलाई विभिन्न बहानामा मानसिक दवाव दिँदै आएको छ।

२) भुमाफियासँग मिलेमतो – बैंकले सेवाग्राहीहरूलाई जालसाजी गरी उनीहरूको सम्पत्ति भुमाफियासँग मिलेर हडप्ने कार्यमा संलग्न भएको संगठनको दाबी छ।

३) ललितपुर महानगरको निर्देशन अवज्ञा – संगठनका अनुसार ललितपुर महानगरपालिकाले दिएको निर्देशन पालना नगरेकोले पनि कारबाही गरिएको हो।

संगठनको नारावाजी:

  • भुमाफियाहरू होसियार!
  • दलाल संसदीय व्यवस्था मुर्दावाद!
  • कम्युनिष्ट युवा संगठन नेपाल जिन्दावाद!
  • नेकपा (बहुमत) जिन्दावाद!

संगठनले भविष्यमा पनि जनविरोधी गतिविधिमा संलग्न निकाय र व्यक्तिहरूविरुद्ध यस्तै कदम चालिने चेतावनी दिएको छ। हालसम्म बैंक तथा महानगरपालिका तर्फबाट आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

 

LEAVE A REPLY