
देश बिदेशमा चर्चा कमाउदै ज्योतिष प्रबिण तिमल्सेना , बैज्ञानिक तथ्यलाई समेत मध्यनजर गर्दै।


बिज्ञानाचार्य सर्बदर्शी ज्योतिष प्रबिण तिमिल्सेनाको सामान्य परिचय
युवा ज्योतिषी प्रबिण तिमिल्सेनाको जन्म चितवन भरतपुर महानगरपालिका -२१ पार्बतिपुरमा भएको थियो।उनी हाल लोकप्रिय ज्योतिषको रूपमा ख्याति कमाइरहेका छन्। उनले बिज्ञान विषयमा (2018-2020 A.D ) अर्थात ( बि. सं. २०७५-२०७७ )को ब्याचमा रसायनशास्त्र (chemistry) मा केन्द्रीय बिभाग ,किर्तिपुरबाट मास्टर डिग्री (MSc) प्रथम श्रेणीमा पास गरेको थिए ।
विद्यालयदेखि बिश्व विद्यालयसम्म उनले सधैं अाँफूलाई अब्बल विद्यार्थीको रूपमा उभ्याएका थिए । प्राथमिक तहदेखि मास्टर डिग्रीसम्मका सबै कक्षाहरुमा प्रबिणले प्रथम श्रेणीमा उतिर्ण गरेका थिए।उनी जिवनमा पढाईको क्षेत्रमा अनुत्तीर्ण कहिल्यै भएनन्।बरु पढाईको दौडानमा कति कक्षाहरुमा Topper नै भए।सरकारी बिद्यालयमा पढे पनि प्रविण क्षमतावान विद्यार्थी थिए । उनी हरेक बिषयमा जिज्ञासु विद्यार्थी थिए । अहिले पनि त्यो गुण यथावत छ उनमा ।
किशोर अवस्थामा उनले ज्योतिष बिद्यामा पनि विस्तारै रुचि राख्न थाले ।१५ बर्षको उमेरबाट आफ्नो पिता ज्योतिषी बाबुराम तिमिल्सेनासँग यो बिद्या सिक्दै अगाडि बढेका तिमिल्सेना, यस बिद्यामा पनि अब्बल देखिए । प्रारब्धबाट नै आएको गुणहरूले आजको मानिसको गुणहरू बन्छ भनिन्छ ; त्यो अर्थमा प्रविणले यी अब्बल गुणहरु प्रारब्धबाट ल्याएका थिए कि ?भन्ने अाँकलन गर्न सकिन्छ । उनी अहिलेको समयको एक व्यस्त ज्योतिषी हुन् ।
उनका पिताजीको गुरु भने राजसी ज्योतिषी स्व. कमलराज भण्डारी थिए। जसको कारण बुबा पनि यो क्षेत्रमा स्थापित ज्योतिषको रूपमा चिनिएका थिए ।तत् कारणले सानै देखि उनको भेट विभिन्न धामी, झाँक्री,तान्त्रिक र ज्योतिष सङ्ग बेला बखत मा हुने गर्दथ्यो ।मास्टर सकिनासाथ प्रविणले भारतका धेरै ज्योतिषहरूसँग पनि साक्षात्कार गर्ने अवसर पाए । यिनले समुद्रशास्त्र, वैदिक ज्योतिष शास्त्र ,आधुनिक ज्योतिष शास्त्र ,तन्त्र साधना,चिकित्सा ज्योतिषशास्त्र ,कुण्डलिनी महायोग साधना आदिको अभ्यास र अध्यन गरे। त्यसैले यिनका प्रत्येक फलादेश बैज्ञानिक र वैदिक हुने गरेको कुरा सेवाग्राहीहरू बताउँछ्न ।
उनले दिने सबै समाधानका उपायहरु पनि बैज्ञानिक र बैदिक हुने गरेका छन् । यही कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय सेवाग्राहीबाट सधैँ माया पाएका छन् प्रबिणले। हालै उनले ज्योतिष शास्त्रमा Honorary Doctorate In Astrology And Vastu भनेर सम्मान पनि पाएका छन् ।यसका साथै धेरै सङ्ग संस्थाले पनि मान सम्मान गरिरहेका छन् ।उनी भन्छन “पृथ्वी गोलाकार अवस्था बाट अन्डाकार हुँदै गएको कुरा बैज्ञानिकले पत्ता लगाएका छन् ,यस्तो हँदा ग्रहको प्रभाब पनि हाम्रा बाउ बाजेले गरेको गणित भन्दा हाल अल्लि फरक हुन्छ ।त्यसकारण अहिले हाल ग्रहको प्रभाब अल्लि फरक आउँछ यानिकी गणित अल्लि फरक हुन्छ। हाल उनले IMMC,JPL ,NASA आदिले तयार गरेको तथ्यांकको आधारमा ग्रहको गणित गरि हेर्ने बताए । सेवा ग्राही भन्छन “उहाँले हाम्रो चिना कुण्डली खोल्नु अघिनै सबै कुरा देखेको जसरी बताईदिनु हुन्छ; हामी अचम्ममा पर्छौ ।कलियुगमा पनि यस्तो ब्यक्ति देखेर साच्चै उहाँ सर्बदर्शी हुनुहुन्छ ।”यति मात्रै होइन अरु धामी ,झाँक्री,ज्योतिष ,डाक्टर ले पत्ता लगाउन नसकेको रोग समेत हेर्ने बित्तिकै फ्याट्टै यो रोग हो र बिबिध समस्या यो हो भनेर बताउने गरेको समेत सेवाग्राही बताउँछन् । प्रबिणले १० मिनेट मै त्यसको वैदिक प्रयोग ,बिज्ञानको प्रयोग र तान्त्रिक प्रयोग गरेर निराकरण गराउने गरेको पनि खुद सेवाग्राही बताउँछन् ।
सांगीतिक क्षेत्रमा पनि प्रबिणको रुचि देखिन्छ।सांगीतिक क्षेत्रमा पनि यिनी
एक कुशल बाँसुरी बादक ,रिदम बादक र गायक हुन् । त्यतिमात्रै नभैकन पत्रकार पनि हुन्, आध्यात्मिक जगतमा साधक र योगीको रूपमा पनि यिनी परिचित छन् । हाल उनले प्रत्यक्ष र अन्लाईन प्लाटफर्म (whats app/imo/viber/botim-9811836456) बाट सेवा दिईरहेका छन् ।साथै उनका कार्यक्रम टिकटक तथा उनको आफ्नै पेज ज्योतिष प्रबिण तिमिल्सेना बाट हेर्न सकिन्छ।