पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले सामाजिक संजालमा पोखे दुग्धकिसानको पीडामा आक्रोश।

0
6

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले सामाजिक संजालमा पोखे दुग्धकिसानको पीडामा आक्रोश

काठमाडौं–देशभरका दुग्धकिसानहरूले महिनौंसम्मको मेहनतको भुक्तानी नपाएर सडकमा उत्रिनु परेको अवस्थाबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले सामाजिक संजाल फेसबूकमा आफ्नो आक्रोश पोखेका छन्।

डा. भट्टराइले लेखेका छन् कि बच्चादेखि बुढासम्मको अनिवार्य उपभोग्य वस्तु दूध उत्पादन गर्ने किसानहरू आफ्नो मेहनतको उचित मूल्य नपाएर जीवनयापनको संघर्षमा परेको यो अवस्था “अत्यन्त दुःखद र खेदजनक” रहेको छ। उनले बाहिरबाट आयातित दूध, दलीय भागबण्डा र दुग्ध विकास संस्थानको अकर्मण्यतालाई यस संकटको मुख्य कारणको रूपमा उल्लेख गरेका छन्।

उनका अनुसार, यदि देशभरका लाखौं किसानहरूको आक्रोश एकसाथ देखा पर्‍यो भने यो राष्ट्रिय स्तरमा नीति सुधार र किसानको हकहित सुनिश्चित गर्ने चेतना जगाउने सक्नेछ। डा. भट्टराइले सबै सम्बन्धित निकाय र सरकारलाई किसानको आवाज सुन्‍न र तत्काल समाधान खोज्न आह्वान गरेका छन्।

देशभरका दुग्धकिसानहरूको भुक्तानी माग र जीवनयापनको पीडा अब सामाजिक सञ्जालदेखि सडकसम्म सबैको ध्यानाकर्षणको विषय बनेको छ।


 

LEAVE A REPLY