स्व. मुकुन्द रिजालको दोस्रो वार्षिक स्मृति दिवस : माल्यार्पण र विचार–विमर्श कार्यक्रम।

0
12

स्व. मुकुन्द रिजालको दोस्रो स्मृति दिवस : शनिबार माल्यार्पण र विचार–विमर्श कार्यक्रम ।

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का पूर्व क्षेत्रीय सभापति तथा काठमाडौं महानगरपालिका वडा नं. १६ का निर्वतमान वडा अध्यक्ष स्व. मुकुन्द रिजालको दोस्रो वार्षिक स्मृति दिवस आगामी भदौ २१ गते शनिबार विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ।

कार्यक्रमको पहिलो चरणमा बिहान ७:३० बजे काठमाडौं महानगरपालिका वडा नं. १६, नयाँ वडा कार्यालय परिसर, बालाजुमा सालिकमा माल्यार्पण कार्यक्रम आयोजना हुनेछ। यस कार्यक्रमका आयोजक नेपाली कांग्रेस क्षेत्र नं. ७ का पूर्व सभापति नवीन मानन्धर हुनुहुन्छ। कार्यक्रममा क्षेत्रीय कार्यसमिति, स्थानीयवासी, शुभेच्छुक, परिवारजन तथा कांग्रेसका नेता–कार्यकर्ताको उपस्थिति रहने अपेक्षा गरिएको छ।

त्यसै दिन दिउँसो १२:३० बजे “सम्झनामा मुकुन्द रिजाल” विचार–विमर्श कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजुस्थित इन्जिनियरिङ कलेज (BID गेट भित्र) मा हुनेछ। यस विचार–विमर्श कार्यक्रमका मुख्य आयोजक मुकुन्द रिजाल स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा कार्यक्रमकी आयोजक कविता रिजाल हुन्। कार्यक्रममा कांग्रेसका नेता, सामाजिक अभियन्ता, व्यवसायी, बुद्धिजीवी तथा स्थानीयवासीको सहभागिता रहने जनाइएको छ।

स्व. रिजाल नेपाली कांग्रेसभित्र जनतामुखी, लोकप्रिय र क्रियाशील नेताका रूपमा परिचित थिए। वडा अध्यक्षदेखि सांसदसम्म निर्वाचित हुँदै उनले स्थानीय विकास र पूर्वाधार निर्माणमा सक्रिय योगदान पुर्‍याए। जनताको जीवनसँग नजिक सम्बन्ध राख्ने उनको शैली आज पनि स्मरणीय छ। उहाँको निधनले कांग्रेस र समाजमा सृजित रिक्ततालाई वार्षिक स्मृति दिवसमार्फत निरन्तर सम्झँदै आएको छ।

आयोजक समितिले माल्यार्पण तथा विचार–विमर्श दुवै कार्यक्रममा सहभागी भई स्व. रिजाललाई श्रद्धाञ्जली अर्पण गर्न सम्पूर्णलाई हार्दिक आग्रह गरेको छ।


 

LEAVE A REPLY