रोजगार बैंक’ स्थापनाका लागि सचेत नागरिक अभियानले माग तीव्र बनायो

0
24

‘रोजगार बैंक’ स्थापनाका लागि सचेत नागरिक अभियानले माग तीव्र बनायो

काठमाडौँ – दिगो रोजगारी र श्रम बजारको सुव्यवस्थित व्यवस्थापनका लागि ‘रोजगार बैंक’ स्थापना गर्नुपर्ने माग सचेत नागरिक अभियानले सार्वजनिक रूपमा उठाएपछि यस विषयमा चर्को बहस सुरु भएको छ।

अभियानले देशका युवा बेरोजगारको समस्या र श्रम बजारमा देखिने अव्यवस्था अन्त्य गर्न राज्य नै अग्रसर हुनुपर्ने आवश्यकता जोडदार रूपमा राखेको छ। अभियानका प्रतिनिधिहरूका अनुसार रोजगारदाता कम्पनी तथा फर्महरू र रोजगार खोज्दै हिँडिरहेका युवाबीच प्रभावकारी समन्वयकारी निकाय नहुँदा श्रम बजार असुरक्षित र अव्यवस्थित बनेको छ।

अभियानले सरकारलाई रोजगारदाता र श्रमिक दुवैका अभिभावकको भूमिका निर्वाह गर्दै राष्ट्रियस्तरको ‘रोजगार बैंक’ स्थापना गर्न आग्रह गरेको छ। यस्तो बैंकले सीपयुक्त जनशक्ति दर्ता, रोजगारी माग व्यवस्थापन, श्रम सुरक्षा, पारदर्शिता तथा सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अभियानको भनाइ छ।

सचेत नागरिक अभियानका अनुसार राज्यले शीघ्र कदम नचाले बेरोजगारी बढ्ने र विदेशी श्रममा निर्भरता झनै वढ्ने भएकाले अब नीतिगत रूपमा ठोस निर्णय आवश्यक छ।

LEAVE A REPLY