
प्रचण्ड–नेपालद्वारा रविलक्ष्मी चित्रकारको स्वास्थ्य जानकारी


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
गत साता भारतबाट उपचार सकेर स्वदेश फर्किनुभएकी चित्रकारलाई भेट्न संयोजक तथा सहसंयोजक डल्लुस्थित निवासमा पुग्नुभएको थियो। भेटका क्रममा उहाँहरूले चित्रकारको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिँदै मनोबल उच्च राख्न शुभेच्छा व्यक्त गर्नुभएको थियो।
नेता झलनाथ खनालका अनुसार हाल रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ भने थप सुधारका लागि उपचार निरन्तर जारी छ। उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको र चिकित्सकको निगरानीमा उपचार भइरहेको जानकारी पनि दिइएको छ।
भेटका क्रममा संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार र पुनःस्थापनामा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै चित्रकारको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको











