
“कप्तानी कसले पाउला? गुण्डुमा ओली–पोखरेलको पावर प्ले”


भक्तपुरको गुण्डु अहिले नेकपा एमालेको आन्तरिक राजनीति झन् तातेको केन्द्र बनेको छ। वातावरण यस्तो छ—मानौँ क्लब फुटबलको फाइनल सुरु हुन लागेको छ, जहाँ एकातिर वर्तमान अध्यक्ष तथा दुईपटकका प्रधानमन्त्री केपी शर्मा ओली ‘अनुभवी कप्तान’ का रूपमा उभिएका छन् भने अर्कातिर लामो समय पार्टी संगठन सम्हालेका, पार्टीको महासचिवदेखि उपाध्यक्षसम्मको जिम्मेवारी वहन गरेका ईश्वर पोखरेल ‘रणनीतिक मिडफिल्डर’ जस्तै पुनः नेतृत्व कब्जाको खेलमा होमिएका छन्।
आन्दोलन, पार्टी पुनर्गठन हुँदै प्रधानमन्त्रीको कुर्सीसम्म। उनका समर्थकले उनलाई ‘निर्णायक गोल गर्ने खेलाडी’ का रूपमा चित्रण गर्छन्। पार्टीलाई उभ्याउने, संकटमा आक्रामक मुभ दिने र कठोर निर्णय लिन सक्ने क्षमता उनले बारम्बार देखाएका छन्।
केपी शर्मा ओलीको राजनीतिक इतिहास राजनीतिक जीवन सुरु : २०२७ सालतिर विद्रोही विद्यार्थी राजनीतिबाट। २०३१ सालतिर नेकपा (एमाले) को भूमिगत गतिविधिमा सक्रियओली १४ वर्षभन्दा बढी जेल जीवन बिताए श्री ५ को पञ्चायती शासनविरुद्ध सशक्त भूमिगत भूमिकाले उनलाई पार्टीभित्र ‘कठोर संघर्षकर्ता’ को पहिचान दिलायोकैद अवधिमा टिबी जस्तो गम्भीर रोग भोगे तर राजनीतिक प्रतिबद्धताबाट पछि हटेनन् २०४६ सालको जनआन्दोलनपछि खुलेर राजनीति गर्न पाए तत्कालीन एमालेभित्र ‘युवा, आक्रामक र स्पष्ट बोली’ का कारण चर्को पहिचान बनाए २०५१ सालमा प्रथम पटक सांसद निर्वाचितसोही अवधिमा गृह मन्त्रालय सम्हाल्दै ‘कडा निर्णय लिन सक्ने’ छवि बनाएका केपी अोली पार्टीमा आन्तरिक खिचातानी बढ्दै जाँदै गर्दा ओली समूह ‘प्रगतिशील–स्थिर नेतृत्व’ को केन्द्र बन्दै गयो २०७२ मा अध्यक्षमा निर्वाचित, र पार्टीलाई एकीकृत गर्दै राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा उभ्याए भूकम्पपछिको पुनर्निर्माण, नाकाबन्दी, संविधान कार्यान्वयनमा कडा भूमिकाका कारण ‘राष्ट्रवादी’ नेतृत्वको छवि बन्यो वाम गठबन्धनको ऐतिहासिक बहुमतपछि प्रधानमन्त्री बने ठूलो कार्यकालमाकडा प्रशासनिक शैली ठूला पूर्वाधार परियोजनामा जोड चीन–भारत सन्तुलित कूटनीतिराष्ट्रियताबारे स्पष्ट अभिव्यक्ति तर, पार्टी विभाजन, आन्तरिक विवाद, महाभियोगगत परिस्थितिहरूले कटु मोड आयोअहिले पनि एमालेका निर्वाचित अध्यक्ष,पार्टीको मूलधार, संगठन सञ्चालन र राजनीतिक एजेण्डामा प्रमुख भूमिका गातार तेस्रोपटक नेतृत्वमा प्रतिस्पर्धा गरिरहेको विवादमा उहाँ ‘अनुभव, राष्ट्रवाद र निर्णायक क्षमता’ का आधारमा उभिरहेका छन्।
अर्कोतर्फ ईश्वर पोखरेलको यात्रा संगठन र संघर्षको स्थिर पथ हो। २०४६ पछि गठित पहिलो युवा नेतृत्वमध्ये उनी अग्रस्थानमा परे, संगठन विस्तार, काठमाडौं उपत्यकामा पार्टी निर्माण र २०७५–७७ को सरकारी कार्यकालमा रक्षा मन्त्रालय जस्ता कठिन जिम्मेवारी सम्हालेर आफूलाई ‘संयमित तर प्रभावकारी प्लेमेकर’ का रूपमा स्थापित गरे। पोखरेललाई ‘पार्टीभावना, संगठन र अनुशासन’ कै खेलाडीको रूपमा चिनिन्छ।
गुण्डुको गर्मी अहिले यी दुई यात्राको ठोक्किनेजस्तो बनेको छ। ओली ‘अनुभव र लोकप्रियता’ को गोलपोस्टमा उभिएका छन्, पोखरेल ‘संगठन र वैकल्पिक दृष्टि’ को पासिङ खेल खेलिरहेका छन्। भीडमा उछालिएका नाराहरू, कार्यकर्ताहरूको विभाजित उर्जा, र दुबै पक्षका रणनीतिक संकेतहरूले यो प्रतिस्पर्धा कुनै साधारण ‘लीग म्याच’ होइन—एमालेको भविष्य कप्तान छान्ने ‘फाइनल’ भएको स्पष्ट देखिन्छ।
गुण्डुको यो महाभिडन्त व्यक्तिगत महत्वाकांक्षाको भिडन्त मात्र होइन; यो पार्टीको आगामी मार्गचित्र, नेतृत्वको शैली र संगठनको आत्मा कता मोडिन्छ भन्ने प्रश्नको निर्णायक घडी हो। अब जनतालाई भावनामा होइन, दूरदृष्टिमा आधारित निर्णयले फर्काउनुपर्ने समय आएको छ—किनकि यस डर्बीको विजेता नै एमालेको भविष्यको राजनीतिक कप्तान बन्नेछ।











