कागेश्वरी मनोहरा नगरपालिकाले भित्र्यायो अत्याधुनिक दमकल।

0
45

कागेश्वरी मनोहरा नगरपालिकाले भित्र्यायो अत्याधुनिक दमकल

काठमाडौं, कार्तिक २०, २०८२ — कागेश्वरी मनोहरा नगरपालिकाले आगलागी नियन्त्रण र उद्धार सेवामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै अत्याधुनिक दमकल भित्र्याएको छ। यो दमकल जापान सरकारको सहयोगमा ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (GGP) अन्तर्गत नेपालस्थित जापान राजदूतावासले उपलब्ध गराएको हो।

नगरपालिकाका अनुसार उक्त दमकलको औपचारिक हस्तान्तरण कार्यक्रम आउँदो सोमबार जापानी राजदूतको उपस्थितिमा सम्पन्न हुनेछ। हस्तान्तरणपछि दमकललाई चौबीसै घण्टा सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

नयाँ दमकलमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ, जसले नगरका साँघुरा गल्लीसम्म सहजै पुग्न सक्छ। दमकलमा पानी र फोम दुवै प्रणाली रहेको छ, जसबाट ५ देखि ६ तलासम्मका भवनमा लागेको आगो नियन्त्रण गर्न सकिने बताइएको छ।

यस पहलबाट कागेश्वरी मनोहरा नगर मात्र नभई छिमेकी गोकर्णेश्वर, शंकरापुर र भक्तपुर क्षेत्रका बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। नगरपालिकाको आफ्नै दमकल सवारी साधन सञ्चालनमा आएसँगै उद्धार, आगलागी नियन्त्रण र अन्य आपतकालीन सेवामा गुणात्मक सुधार हुने विश्वास गरिएको छ।


LEAVE A REPLY