
नेपाल टेलिकमले फाइबर विद्यार्थी अफर सुरु, दूरदराजमा सेवा विस्तारमा जोड।


नेपाल टेलिकमले फाइबर विद्यार्थी अफर सुरु, दूरदराजमा सेवा विस्तारमा जोड दिने मन्त्री खरेल ।
काठमाडौं – नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा पुगेपछि जनताको हितमा केही नयाँ कार्य अघि बढाउने योजना रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताउनु भएको छ। आजदेखि नेपाल टेलिकमले फाइबर विद्यार्थी अफर सुरु गरेको उल्लेख गर्दै उहाँले यस अन्तर्गत विद्यार्थीहरूले वार्षिक रु. ४,९९९ तिरेर इन्टरनेट डेटा सेवा प्राप्त गर्ने दाबी गर्नु भयो यो विशेष अफर Gen Z अर्थात् युवा पुस्ताका विद्यार्थीका लागि राहतस्वरूप रहेको उहाँको भनाइ छ।
नेपाल टेलिकमले आफ्नो सेवा केवल शहरमा सीमित नराख्ने लक्ष्य राखेको छ। त्यसैले, देशका दुरदराजका बस्ती र गाउँगाउँमा पनि फाइबर इन्टरनेट र टेलिफोन सेवा विस्तारका लागि आवश्यक निर्देशन जारी गरिएको छ। यसले ग्रामीण क्षेत्रमा पनि डिजिटल पहुँच बढाउनेछ र शिक्षा तथा सञ्चार क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
साथै, नेपाल टेलिकमले आफ्ना ठेकेदारहरूलाई गुणस्तरीय सेवा नदिने वा ढिलाइ गर्ने कार्य नगर्न कडा निर्देशन दिएको छ। यदि ठेकेदारहरूले मापदण्ड पालना नगरेका खण्डमा सम्झौता तत्काल रद्द गरिने छ।
यस पहलले विद्यार्थी, ग्रामीण बस्ती र आम जनताको डिजिटल पहुँच बढाउने मात्र होइन, देशभर समान सेवा सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम सावित हुने विश्लेषकहरूको भनाइ छ।











