ईभीमा भ्याट फिर्ता हुँदैन, तर ५० लाखमुनिका गाडी सस्तिनेछन्: अर्थमन्त्री वाग्ले

0
13

ईभीमा भ्याट फिर्ता हुँदैन, तर ५० लाखमुनिका गाडी सस्तिनेछन्: अर्थमन्त्री वाग्ले

काठमाडौँ, १९ जेठ २०८३
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) मा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता नहुने स्पष्ट पारेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्याट लगाउने निर्णयबाट सरकार पछि नहट्ने बताउनुभएको हो।
​एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले भन्नुभयो, “भ्याट लाग्छ–लाग्छ, यसमा कुनै रिट्रिट (फिर्ता) हुँदैन। तर, उपभोक्तालाई मार नपर्ने गरी हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा सोच्दैछौँ।”
​करका कारण उपभोक्तामा पर्न सक्ने आर्थिक भारलाई सन्तुलनमा ल्याउन सरकारले विद्युत नियमन आयोगलाई महसुल घटाउने गरी अनुरोध गर्ने जानकारी दिएको छ। बजेट घोषणापछि ईभीको मूल्य बढ्ने चिन्ताका बीच अर्थमन्त्री वाग्लेले बजारमा ५० लाख रुपैयाँभन्दा कम मूल्य पर्ने विद्युतीय सवारी साधनहरूको मूल्यमा गिरावट आउने दाबी गर्नुभएको छ।

LEAVE A REPLY