
लाली जोबन’ सार्वजनिक हुँदै, सापकोटा र मिस पविको जोडीले तातायो मनोरञ्जन क्षेत्र।


‘लाली जोबन’ सार्वजनिक हुँदै, सापकोटा र मिस पविको जोडीले तातायो मनोरञ्जन क्षेत्र
काठमाडौं – नेपाली संगीत बजारमा फेरि नयाँ चर्चा सुरु भएको छ। गायक विष्णु सापकोटा, गायिका देवी घर्ति र तेजस रेग्मीको स्वरमा तयार गरिएको नयाँ गीत ‘लाली जोबन’ सोमबार (मङ्सिर २४ गते) मायालु इन्टरटेन्मेन्ट्सको युट्युब च्यानलमार्फत सार्वजनिक हुने भएको छ।
गीतका शब्दहरू “तन्त्र मन्त्र गरेउ कि कसो हो, मेरो मन त तिमीमै बसो हो” जस्ता रोमाञ्चक भावले भरिएका छन्। भिडियोमा गायक सापकोटा, टिकटक स्टार मिस पवि र कलाकार तेजस रेग्मीको जोडी देख्न सकिन्छ। रोमान्टिक र रंगीन प्रस्तुतिले भिडियोले सार्वजनिक हुनुअघि नै सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।
भिडियोको निर्देशन जेरी भण्डारीले गरेका छन्। गीतका शब्द तेजस रेग्मी र विष्णु सापकोटाले लेखेका हुन् भने संगीत संयोजन रमेश सेनचुरीले गरेका छन्। भिडियोको सम्पादन अमृत छापागाईं र रङ संयोजन राजेन्द्र मोक्तानले गरेका छन्।











