
कागेश्वरी मनोहरा–७ का वडाध्यक्ष भीमसेन थापाको निधन


काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ। हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत रहेका थापाको बिहीबार साँझ निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले पुष्टि गरेका छन्।
नगरपालिकाले वडाध्यक्ष थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा थापाको अप्रत्याशित निधनले नगर परिवार स्तब्ध परेको उल्लेख छ।
शोकप्रति सम्मानस्वरूप नगरपालिकाले आज (शुक्रबार) एक दिनका लागि पालिकाअन्तर्गतका सबै वडा कार्यालय, अत्यावश्यकबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, तथा संस्थागत र सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। थापाको निधनले स्थानीय नेतृत्वमा ठूलो शून्यता पैदा भएको जनप्रतिनिधिहरूले बताएका छन्।











