काभ्रेमा जुवा खेलिरहेका ११ जना पक्राउ, ४० हजारभन्दा बढी नगद बरामद

0
16

काभ्रेमा जुवा खेलिरहेका ११ जना पक्राउ, ४० हजारभन्दा नगद बरामद
काभ्रे, २० पुस  । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–५ खड्पुस्थित खानिखोला गाउँपालिका–६ का ७३ वर्षीय चेतनाथ आचार्यको पसलमा जुवातास खेलिरहेको अवस्थामा चेतनाथसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ उनीहरूलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेहरूबाट प्रहरीले नगद ४० हजार ३९० रुपैयाँ र तास १ बुक बरामद गरेको जनाइएको छ ।
पक्राउ पर्नेमा पसल सञ्चालक चेतनाथ आचार्यसहित अन्य १० जना रहेका छन् । जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
यस घटनासम्बन्धमा जिल्ला प्रहरी कार्यालय काभ्रेले आवश्यक अनुसन्धान अघि बढाएको छ । जुवा खेल्नेलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY