रास्वपाले थप्यो चार पदाधिकारी, विधान संशोधनमार्फत संगठन विस्तार

0
11

२० पुस, काठमाडौं —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी संख्या विस्तार गर्ने निर्णय गरेको हो।
पार्टी एकीकरण तथा संगठन विस्तारका क्रममा यसअघि भएका सम्झौताहरू कार्यान्वयन गर्न विधान संशोधनमार्फत पदाधिकारी थपिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी संरचना विस्तार गरिएको हो।
थपिने पदाधिकारीमा एक जना उपसभापति, एक जना महामन्त्री, एक जना सहमहामन्त्री र एक जना सहप्रवक्ता रहनेछन्। पार्टी संगठनलाई थप प्रभावकारी बनाउने तथा आगामी राजनीतिक गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले पदाधिकारी संख्या बढाइएको पार्टीको भनाइ छ।
रास्वपाले विधान संशोधन प्रक्रिया छिट्टै टुंग्याएर नयाँ पदाधिकारी चयन प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

LEAVE A REPLY