काम नगर्ने तर भाषणमै सीमित नेताहरूलाई जनताले फागुन २१ गते जवाफ दिनेछन् : अधिवक्ता रामेश्वर भण्डारी

0
14

काम नगर्ने तर भाषणमै सीमित नेताहरूलाई जनताले फागुन २१ गते जवाफ दिनेछन् : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट । अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटका केही नेताहरू कामभन्दा बढी भाषण र प्रचारमा सीमित भएको भन्दै कडा आलोचना गरेका छन्। उनले वर्षौंसम्म सत्ता र पदमा बसेर पनि जनताका आधारभूत समस्या समाधान गर्न असफल नेताहरू अब जनताको कठोर मूल्यांकनमा पर्न लागेको स्पष्ट पारे।
भण्डारीका अनुसार विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका विषयमा ठोस काम नगरी खोक्रा आश्वासन बाँड्ने प्रवृत्ति नुवाकोटमा हाबी हुँदै गएको छ। “जनताको नाममा राजनीति गर्ने तर जनताकै पीडा नदेख्ने नेताहरूको असली अनुहार फागुन २१ गते उजागर हुनेछ,” उनले भने।
उनले चुनाव नजिकिँदा ठूलो–ठूलो सपना बाँड्ने तर सत्ता प्राप्त भएपछि जनतासँग मुख फर्काउने नेताहरूलाई अब जनताले माफी नदिने चेतावनी दिए। “काम नगर्ने, जिम्मेवारीबाट भाग्ने र दोष अरूमाथि थोपर्ने नेताहरू नुवाकोटको विकासका मुख्य बाधक बनेका छन्,” भण्डारीको आरोप छ।
भण्डारीले जनतामा चेतनाको स्तर बढेकाले अब भ्रम, नारा र झुटा प्रतिबद्धताले काम नगर्ने बताए। उनले लोकतन्त्रमा जनमत नै अन्तिम फैसला हुने उल्लेख गर्दै, नुवाकोटका जनताले काम गर्ने र जवाफदेही नेतृत्वको पक्षमा स्पष्ट सन्देश दिने विश्वास व्यक्त गरे।

LEAVE A REPLY