छतमा सेकुवा पोलेको धुवाँ देखेर छिमेकीले दमकल बोलाए।

0
23

छतमा सेकुवा पोलेको धुवाँ देखेर छिमेकीले दमकल बोलाए!

ललितपुर, जेठ १९ — साँझको समयमा छतमा रमाइलो गर्दै सेकुवा पोलिरहेका युवाहरूलाई अनपेक्षित रूपमा दमकलको साइरनले आश्चर्यमा पारेको छ।
ललितपुर महानगरपालिका क्षेत्रको एक घरमा देखिएको धुवाँ र आगोको झिल्को देखेपछि छिमेकीले आगलागीको आशंका गर्दै तुरुन्त दमकल बोलाएका थिए।

घटनास्थलमा ललितपुर महानगरपालिकाको दमकल टोली (LMC Fire & Rescue) केही मिनेटमै पुगेको थियो। यथार्थ बुझ्दा त्यहाँ आगलागी नभई छतमा सेकुवा पोली रमाइलो गरिँदै थियो भन्ने खुलेपछि टोलीले अवस्था नियन्त्रणमा रहेको जानकारी दिँदै सहज रूपमा फर्किएको थियो।

“साथीहरू मिलेर सेकुवा पोल्दै थियौं, अचानक दमकल आएपछि हामी छक्क पर्‍यौं,” एक सहभागीले मुस्कुराउँदै प्रतिक्रिया दिए।

LEAVE A REPLY