
डा रामशरण महत पनि अख्तियारको फन्दामा


डा रामशरण महत पनि अख्तियारको फन्दामा:
काठमाडौं । पोखरा विमानस्थल अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री रामशरण महतलाई समेत विपक्षी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको छ।
यसै प्रकरणमा माओवादी नेता पोस्टबहादुर बोगटी (१२ वर्षअघि निधन), रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यसहित ५५ जना प्रतिवादी छन्। कुल आठ अर्ब रुपैयाँ बिगो दाबी गरिएको छ।
रामशरण महत राजनीतिक जीवनमा प्रभावशाली अर्थमन्त्री रहेका थिए। अहिले अल्जाइमर्स रोगका कारण स्मरणशक्ति गुमाएका उनले समकालीन साथीहरूलाई समेत नचिन्ने अवस्थामा छन्।
अन्य प्रतिवादीहरूमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि समावेश छन्।











