
ओली–लेखक पक्राउ नगरे देशभर प्रदर्शन हुन्छ: सुदन गुरुङ


काठमाडौँ — हाम्रो नेपालका अभियान्ता एवम् संस्थापक सुदन गुरुङले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि तुरुन्त कारबाही नगरे देशभर विरोध प्रदर्शन गरिने चेतावनी दिएका छन्।
गुरुङले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भदौ २३ गतेको जेनजी आन्दोलन सम्बन्धी घटनाको छानबिनको समयमा सरकार ढिलाइ गरेको बताए। उनले स्पष्ट पारेका छन्, “अब गृहमन्त्रीसँग हिम्मत छ कि छैन हेर्ने समय आएको छ। यदि आवश्यक कदम नचालियो भने देशभर विरोध प्रदर्शन अनिवार्य हुनेछ। यसको जिम्मेवारी स्वयं गृहमन्त्रीले लिनुपर्नेछ।”
उक्त स्ट्याटसले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। गुरुङले भनेका छन् कि यो कदम केवल स्थानीय वा सिमित विरोधको रूपमा नहेर्नुहोस्, राष्ट्रव्यापी स्तरमा आन्दोलन अघि बढ्ने छ।











