दानबहादुर कार्की नेपाल प्रहरीका नयाँ महानिरीक्षक नियुक्त।

0
60

दानबहादुर कार्की नेपाल प्रहरीका नयाँ महानिरीक्षक नियुक्त

काठमाडौं, कात्तिक राजन थापा नेपाल सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक (IGP) मा नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
हालसम्म काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत कार्कीले लामो समयदेखि प्रहरी सेवामा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छ।
अनुशासित, इमानदार र निडर अफिसरको रूपमा परिचित एआईजी कार्कीलाई प्रहरी संगठनभित्र इमानदार, निडर र कर्तव्यनिष्ठ अधिकारीको रूपमा चिनिन्छ। आफ्नो करियरको हरेक चरणमा उनले पारदर्शी प्रशासन, अनुशासन र जनसेवामुखी प्रहरी प्रणालीलाई प्राथमिकता दिएका छन्।
उपत्यकाको कमान्ड सम्हाल्दा उनले सडक सुरक्षा, आर्थिक अपराध नियन्त्रण, मादक पदार्थ दुरुपयोग नियन्त्रण लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेका थिए। प्रहरी प्रवक्ता तथा सूचना अधिकारीको रूपमा काम गर्दा कार्कीले संस्थाको छवि सुधारमा ठोस योगदान पुर्‍याएका थिए। उनले प्रहरीको कार्यप्रणालीलाई पारदर्शी बनाउन सञ्चार संयन्त्र सुदृढ गरेका थिए।
कार्कीले अपराध अनुसन्धान, स्रोत व्यवस्थापन, मानवश्रोत र प्रविधिमुखी सुरक्षामा जोड दिँदै प्रहरी सेवालाई आधुनिक रुप दिने प्रयास गरेका थिए।
वर्तमान महानिरीक्षक चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन्।
त्यसअघि नै सरकारले नयाँ महानिरीक्षकको नियुक्ति गरेको हो।
IGP बनेपछि दानबहादुर कार्कीको पहिलो प्राथमिकता अपराध नियन्त्रण, जनविश्वास अभिवृद्धि र प्रविधिमुखी प्रहरी प्रणालीको विस्तार हुने बताइएको छ।
स्रोतका अनुसार, कार्कीले प्रहरी संगठनलाई अधिक जनकेन्द्रित र सेवा–मुखी बनाउन ठोस योजना अघि सारेका छन्।

LEAVE A REPLY