
नुवाकोटबाट अधिवक्ता रामेश्वर भण्डारीलाई संसदमा पठाउन माग


नुवाकोटमा अधिवक्ता रामेश्वर भण्डारी जस्ता व्यक्तिको संसदमा प्रतिनिधित्वको माग
नुवाकोट । नुवाकोट जिल्लाबाट अधिवक्ता रामेश्वर भण्डारी जस्ता प्रतिबद्ध, इमानदार र जनमुखी व्यक्तिको प्रतिनिधित्व संघीय संसदमा आवश्यक रहेको आवाज उठ्न थालेको छ।
स्थानीय नागरिक, बुद्धिजीवी तथा राजनीतिक वृत्तले जिल्लाको समग्र विकास, नागरिक अधिकार र सुशासनका सवाललाई राष्ट्रिय तहमा मजबुत रूपमा उठाउन सक्ने सक्षम नेतृत्वको खाँचो औँल्याएका हुन्।
कानुनी क्षेत्रको लामो अनुभव, जनआन्दोलन र विद्यार्थी राजनीतिबाट खारिँदै आएका अधिवक्ता भण्डारीले जनजीविका, न्याय र समानताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको उनीहरूको भनाइ छ। नुवाकोटका समस्या र सम्भावनालाई संसदमा प्रभावकारी रूपमा प्रस्तुत गर्न यस्ता व्यक्तित्वको उपस्थिति अपरिहार्य भएको स्थानीयवासीको धारणा छ।
सचेत नागरिकहरूका अनुसार संसदमा कानुन बुझ्ने, संविधान र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध नेतृत्व पुगेमा नुवाकोटको विकास र जनताको हकअधिकार सुनिश्चित गर्न थप बल पुग्ने विश्वास गरिएको छ।











